११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोटपत्र छैठौँ बर्षमा सहकारीद्वारा विशेष अभियान घोषणा

३ फाल्गुन २०७२, सोमबार ०६:३७

कृष्ण कँडेल/ फागुन २, गलकोट ।  गलकोट सुचना तथा सञ्चार सहकारी हटियाद्वारा प्रकाशित गलकोटपत्र साप्ताहिकले आज प्रकाशनको ५ बर्ष पुरा गरि छैठौँ बर्षमा प्रवेश गरेको छ । स्थानिय सञ्चार समुदायका लागि शक्ति र अवसर भन्ने उदेश्यका साथ प्रकाशित गलकोटपत्रका प्रकाशनको आधा दशक पुरा गरेको हो । गलकोटपत्रको छैठौँ बर्ष प्रवेशको अवसरमा सहकारीले सञ्चार अभियानलाई प्रभावकारी तथा स्थायि बनाउने र संस्थाको आर्थिक सवलिकारण एवं उदेश्य अनुसारका कार्यक्रमलाई थप प्रभावकारी बनाउन २ महिने विशेष अभियान घोषणा गरेको छ ।

गलकोट सुचना तथा सञ्चार सहकारीका अध्यक्ष राजबहादुर थापाले घोषणा गरेको विशेष अभियानमा रेडियो सभाको गठन, अक्षयकोषको स्थापना र रेडियोको प्रसारण क्षेमता वृद्धि गरिने उल्लेख छ । अध्यक्ष थापाले सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो गलकोट एफएममा स्थानिय सामुदायको पहुँच वृद्धि गरि नागरिकाको स्वामित्व स्थापना गर्न रेडियो सभा गठन गर्न लागिएको बताउनुभयो । आजीवन सदस्य, मानार्थ सदस्य र संरक्षक सदस्य विस्तार गरि रेडियो सभा गठन गरिने र रेडियोसभा सदस्यको जीवनमा आईपर्ने सुखद् क्षणमा निशुल्क शुभकामना तथा बधाई र दुखद् क्षणमा श्रदाञ्जली तथा समवेदना प्रकाशन प्रशाण गर्ने सहकारीका उपाध्यक्ष गुमानसिंह बुढाथोकीले जानकारी दिनुभयो । रेडियो सभा सदस्य बन्न न्युनमत सदस्यता शुल्क आवश्यक पर्ने उहाँको भनाई छ । रेडियो सभा सदस्यबाट संकलन हुने सदस्यता शुल्कबाट जम्मा हुने आर्थिक कोषको रकम रेडियो र पत्रिका मार्फत सञ्चालन हुने सञ्चार अभियानमा खर्च गरिने सहकारीले जनाएको छ ।

सहकारीका सचिव तथा सञ्चार समिति संयोजक वीरबहादुर चोखालले गलकोटको सञ्चार अभियानका शुभचिन्तकबाट आफन्तको स्मृतिमा विभिन्न शिर्षकमा अक्षषकोष स्थापना गरिने र यो कोषबाट गलकोटको विकाशमा विशेष योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई विभिन्न विषयगत रुपमा सम्मान गरिने बताउनुभयो ।

सहकारीका सञ्चालक समिति, विभिन्न उपसमितिका सदस्य, संघसंस्थाका प्रतिनिधि, राजनैतिक दलका अगुवा तथा सञ्चारकर्मीको उपस्थिती रहेको कार्यक्रममा विशेष अभियान र सञ्चारको प्रब्रद्र्धनका लागि गर्नुपर्ने काम र अहिले गलकोटमा भईरहेको पत्रकारीताको अभ्यासको बारेमा अन्तरक्रिया गरिएको सम्पादक दिनेश पन्तले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँगे्रशका माहाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, नेकपा एमाले विशेष ईलाका समिति संयोजक वुलबहादुर केसी, नेकपा क्रान्तिकारी माओवादीका कृष्ण प्रसाद पाण्डे, गलकोट पत्रका समाजका महासचिव बालकृष्ण सुवेदी, महेन्द्र उच्चमाध्यमिक विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पाण्डे, सहकारीका सल्लाहकार आत्माराम शर्मा, लेखा समिति सदस्य खिमा अधिकारी, बागलुङ उद्योग बाँणिज्य संघका सदस्य सञ्जयकुमार श्रेष्ठ, सहकारीका सञ्चालक तथा पुर्वप्रवन्ध निर्देशक हर्कबहादुर पाण्डे, नेपाली काँग्रस जिल्ला कार्यसमिति सदस्य फमबहादुर खत्री र हटियाका सभापती विरजङ्ग भण्डारीले गलकोटपत्र साप्ताहिक र गलकोट एफएमका कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सञ्चार माध्यमको आर्थिक सवलीकारणका लागि विशेष अभियान आवश्यक रहेकोमा जोड दिएका थिए । उनिहरुले गलकोटमा सञ्चार माध्यमको सवलीकारणका लागि सञ्चालक, सञ्चारकर्मी र सवै सरोकारवालाको भुमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए ।

सहकारीका सचिव तथ सञ्चार समिति संयोजक वीरबहादुर चोखालले गलकोटपत्र साप्ताहिकको आगमि योजना प्रश्तुत गर्नुभएको थियो । कार्यक्रममा सरोवारवालाले उठाएको जिज्ञाषाको सहजिकारण सहकारीका अध्यक्ष राजबहादुर थापा, सञ्चार समिति संयोजक वीरबहादुर चोखाल र सामुदायिक रेडिायोका स्टेसन म्यानेजर तथा गलकोटपत्र साप्ताहिकका सहसम्पादक कृष्ण कँडेलले गर्नुभएको थियो ।

कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारीका उपाध्यक्ष गुमानसिंह बुढाथोकीको अध्यक्षता, सचिव वीरबहादुर चोखाललको सञ्चालन र म्यानेजर तथा सहसम्पादक कृष्ण कँडेलको स्वागतमा सम्पन्न भएको थियो । सम्पादक दिनेश पन्तले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति