२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वाथ्यचौकीमा ३६ प्रकारका औषधि सहयोग

२०७६, ३० जेष्ठ बिहीबार १२:१५

 जेठ ३०, हुम्ला । सधैँ औषधि अभाव हुने हिमाली जिल्ला हुम्लाको ठेहे स्वास्थ्य चौकीमा विकासका लागि साझा मञ्च (सिएफडी) नेपाल नामक संस्थाले औषधि सहयोग गरेको छ । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनका लागि ३६ प्रकारका औषधि सहयोग गरेको मञ्चका जिल्ला कार्यक्रम संयोजक शौरभ लामाले जानकारी दिनुभयो । 

वडा २ मा रहेको ठेहे स्वास्थ्य चौकीमा साविक वडा १ देखि ६ सम्मका करीब पाँच सय घरधुरीले उपचार गर्ने भएकाले औषधि सहयोग गरेको जिल्ला संयोजक लामाले जानकारी दिनुभयो । सदरमुकाम सिमकोटबाट सात कोष टाढा पर्ने ठेहे स्वास्थ्य चौकीमा औषधि अभावका कारण बिरामीलाई समस्या हुन नदिनका लागि औषधि सहयोग गरिएको मञ्च नेपालका जिल्ला कार्यक्रम संयोजक लामाले बताउनुभयो । 

३६ प्रकारका औषधि ठेहे स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा सदस्य बाँचपुरी भण्डारी, ठेहे स्वास्थ्य चौकी इञ्चार्ज रमेशकुमार सापकोटालाई विकासका लागि साझा मञ्च नेपालका जिल्ला संयोजक शौरभ लामाले हस्तान्तरण गर्नुभयो । 

विकासका लागि साझा मञ्च नेपाल नामक संस्थाले साविक सिमकोट, ठेहे, डाडाफयाँ, खार्पुनाथ गाविसमा स्वास्थ्य, शिक्षा, कृषि, पशु क्षेत्रमा २०६५ सालदेखि काम गर्दै आएको लामाले जानकारी दिनुभयो । औषधि खरीददेखि सिमकोट ल्याउन भाडादर गरेर पाँच लाख बराबरको औषधि हस्तान्तरण गरिएको हो । 

गाउँघरमा यतिबेला सामान्य रुघाखोकीदेखि पखालाका बिरामीहरु हुने सिजन भएकाले ठेहे स्वास्थ्य चौकीमा बिरामीको चाप बढ्न थालेको स्वास्थ्य चौकीप्रमुख रमेशकुमार सापकोटाले जानकारी दिनुभयो । गाउँघरमा उनीहरूको उपचारमा निरन्तर औषधि आवश्यक हुन्छ । सिएचडी नामक संस्थाले ठेहे स्वास्थ्य चौकीमा ३६ प्रकारका औषधि सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै