2026-09-18 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

 जेठ ३०, विदुर । नुवाकोटको ककनी गाउँपालिका–४ रानीपौवा नियालेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् ।

पासाङ ल्हामु सडकखण्डको रानीपौवा र ३५ किलोको बीचमा काठमाडौँबाट नियालेतर्फ आउँदै गरेको बा२क ६३६३ नंको टिपर सडकबाट करीब ३०० मिटर तल खसेको थियो । प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार दुर्घटनामा स्थानीयवासी ६० वर्षीया माइली तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते तामाङको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा टिपर चालक २४ वर्षीय अनिल लामा र सह–चालक जीवन लामा घाइते भएका छन् । दुवै जनाको काठमाडौँमा उपचार भइरहेको छ । माइलीका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि पासाङ ल्हामु सडकखण्डमा सवारीसाधन सञ्चालनमा अवरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई