शैक्षिक सुधारका लागि प्रवासीको १३ लाख सहयोग

Posted on: 16 Feb, 2016

कृष्ण कँडेल/ फागुन ४, गलकोट । कामको शिलशिलामा वेलायतमा रहेका प्रवासी गलकोटे तथा अन्य नेपालीबाट नेपाल उच्च माध्यमिक विद्यालय तारालाई १३ लाख भन्दा धेरै आर्थिक सहयोग भएको छ । तारा गाविसको वडा नम्वर–८ स्थायि घर भई अहिले वेलायत रहनुभएका दिनेश घर्तीको सक्रियतामा संकलन भएको १३ लाख ६८ हजार सहयोग गरिएको हो ।

सहयोग रकम मध्य ८ लाखको अक्षयकोष स्थापना गरिएको र त्यसबाट प्राप्त हुने व्याजले विद्यालयमा शैक्षिक तथा भौतिक सुधारका काम गरिने प्रधानाध्यापक भिमनाथ सुवेदीले जानकारी दिनुभयो । अक्षयकोषको व्याजबाट प्रत्यक बर्ष विद्यालयको अत्यावश्यक क्षेत्र पहिचान गरि शैक्षिक तथा भौतिक सुधारको काम गरिने सुवेदीको भनाई छ ।

बाँकी ५ लाख ६८ हजार बरावरको विभिन्न सामग्री विद्यालयलाई प्रदान गरिएको सहयोग संकलन समितिका संयोजक घर्तीले जानकारी दिनुभयो । विद्यालयलाई १० थान कम्प्युटर तथा १÷१ थान मल्टिमिडिया प्रोजेक्टर, ल्यपटप, प्रिन्टर तथा थान भालिवल र नेट प्रदान गरिएको छ । विद्यालयका पुर्वविद्यार्थी समेत रहनुभएका घर्तीले ग्रामिण ठाउँमा रहेको विद्यालयमा कम्प्युटर प्रविधिबाट गुणस्तरिय शिक्षा दिनका लागि सहयोग गरेको बताउनुभयो ।

शिक्षक जीतबहादुर खत्रीले विद्यालयमा कक्षा ६ देखि नै कम्प्युटर शिक्षा अनिवार्य रहेपनि विद्यालयमा अहिले ८ ओटा मात्र कम्प्युटर रहेकोमा अव एकै पटक १८ जना विद्यार्थीलाई सिकाउन सजिलो हुने बताउनुभयो । खत्रीले प्रोजेक्टर, ल्यापटप र प्रिन्टर पनि सहयोग भएकाले विद्यार्थीलाई प्रविधिमा आधारित शिक्षा दिन सकिने भन्दै खुसी व्यक्त गर्नुभएको छ । सहयोग रकम शिक्षाको गुणस्तरमा खर्चहोस् भन्ने चाहेको सहयोग संकलन अभियानका संयोजक तथा विद्यालयका पुर्वविद्यार्थी दिनेश घर्तीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!