२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

शिक्षा समाजको मेरोदण्ड हो: सहायक जिशिअ उपाध्याय

२०७२, २३ फाल्गुन आईतवार ०२:१७

adhikariकृष्ण कँडेलफागुन २३, बाग्लुङ । घुम्टे प्राथपिक विद्यालय हरिचौर–७ भैँसेको स्वर्णमहोत्सव विभिन्न कार्यक्रम सहित आज सकिएको छ ।

कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी कुष्माराज उपाध्यायले शक्षा समाज र मानिसको जीवको लागि मेरोदण्ड भएको भन्दै जीवनलाई सहज बनाउन तथा समाजलाई सभ्य बनाउन शिक्षा अपरिहार्य रहेको बताउनुभयो । उहाँले मानिसको शरिरलाई सोझो राख्न मेरोडदण्डले काम गरेझँै गुणस्तरिय जीवन र सभ्य तथा विकशित समाजका लागि शिक्षाले योगदान गर्ने बताउनुभयो ।

सहायक जिल्ला शिक्षा अधिकारी उपाध्ययले विद्यालयको सुधारका लागि स्थानिय समुदायले गरेको काम स¥हानीय भएको भन्दै थप सुधारका लागि अघि बढ्न आग्रह गर्नुभयो ।

शाखा अधिकृत रामप्रसाद शर्माले स्थानिय समुदाय, विव्यालय व्यवस्थापन समिति र शिक्षकको सक्रियतामा एकीकृत योजना बनाएर अघि बढेका कारण सफलता प्राप्त भएको भन्दै विद्यालयलाई उत्कृष्ट शैक्षिक थलो बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहयोगदाता, विद्यालयका पुर्वप्रअ, स्रोत व्यक्ति तथा विद्यालयको अभियानमा विशेष सहयोग पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

विद्यालयको शैक्षिक तथा भौतिक सुधारको लक्ष्य राखेर गरिएको आर्थिक सहयोग अभियानमा अहिले सम्म ३६ लाख भन्दा धेरै रकम संकलन भएको भुतपुर्व विद्यार्थी समिति तथा घुम्टे कल्याणकारी शिक्षा कोष प्रारम्भीक समितिका संयोजक टिकाराम गौतले जानकारी दिनुभयो ।

यसरी संकलित रकम बाट विद्यालयको भौतिक सुधार तथा शिक्षा कोषमा राखिने रकमको व्यजबाट विद्यालयमा शैक्षिक व्यवस्थापन तथा गुणस्तर सुधारको काम गरिने गौतमको भनाई छ । विद्यार्थीलाई प्राविधिक शिक्षा, श्रव्यदृश्य शैक्षिक सामग्रीको प्रयोग, आधुनिक मिदास ई क्लास, बालमैत्री बातवरण, आरामदायि कक्षा व्यवस्थापन, दिवा खाजाको व्यवस्था जस्ता कार्यक्रमबाट शैक्षिक सुधारको काम अघि बढाईने संयोजक गौतमले कार्यक्रममा घोषणा गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खैसरा वस्नेत साहनीले आर्थिक तथा प्रगति प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । विद्यार्थीले रचनात्मक कला तथा शैक्षा सम्वन्धि आफ्नो धारणा राखेका पुर्व विद्यार्थी समितिका सदस्य देवेन्द्रसिंह वस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा पत्रकारीता मार्फत विद्यालयको अभियानमा सहयोग पु¥याएको भन्दै सामुदायिक रेडियो गलकोट एफएमका स्टेसन म्यानेजर तथा गलकोट खवर डटकमका सम्पादक कृष्ण कँडेललाई पनि सम्मान गरिएको थियो । विद्यालयमा बनेको ८ कोठे पक्की भवनको समेत आज उद्घाटन गरिएको छ ।

कार्यक्रममा गायक देव साहनी, विमल भण्डारी र पार्वती सर्तुङ्गे मगरले सांगितिक प्रश्तुती दिनुभएको थियो । स्वर्णमहोत्सव पछि विद्यालयको थप व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारको अभियानलाई थप तिव्रता दिईने विव्यास अध्यक्ष यमबहादुर वस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता