2026-09-13 06:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा समूहको सक्रियतासँगै विपन्न महिला आत्मनिर्भर बन्दै

 असार २, सिरहा । गाउँगाउँमा बचत समूह खुलेपछि सिरहाका दक्षिण सीमावर्ती गाउँ लक्ष्मीपुर पतारी गाउँपालिकाका विपन्न महिला आत्मनिर्भर बन्न थालेका छन् । समूहले विनाधितो न्यून ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेपछि दलित तथा विपन्न परिवारले स्वरोजगारमूलक व्यवसाय गरी आत्मनिर्भर बन्न थालेको स्थानीयवासी बताउँछन् ।

लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिण्डा पर्सास्थित रहेको नवदुर्गा हरबाचरबा समूहका मञ्जुदेवी राम प्रत्येक वडामा बचत समूह खुलेको र तिनले भनेको बखत सस्तो तथा विनाधितोमा कर्जा दिन थालेपछि गरीबको गर्जो टर्न थालेको बताउनुहुन्छ ।

गाउँमा ‘कृषि बँधुवा मजदुर (हरवा, चरवा, कोदर्वा) न्यूनीकरण कार्यक्रम’ अन्तर्गत दि फ्रिडम फण्ड सहयोग तथा भवानी एकीकृत विकास केन्द्र सिरहाको आयोजनामा लागू भएको ‘कृषि बँधुवा मजदुर (हरवा, चरवा, कोदर्वा) न्यूनीकरण कार्यक्रम’ अन्तर्गत नै गाउँगाउँमा बचत समूह खुलेको उहाँले बताउनुभयो ।

राजा हरिसिंदेव हरवा चरवा समूहका अध्यक्ष सुनितादेवी मुखियाले संस्थाबाट विनाधितो ऋण लिएर खुद्रा व्यापार गरी आफ्नो सानो गरीब परिवारलाई पाली छोराछोरीलाई विद्यालय पठाइरहेको बताउनुभयो । उक्त संस्थामा गरीबीको रेखामुनि रहेका महिला आवद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रमअन्तर्गत सञ्चालित आयआर्जनका काम र क्षमता विकास तालीममा सहभागी भएपछि दलित तथा विपन्न वर्गका व्यक्तिको जीवनशैलीमा निकै परिर्वतन आएको पाइन्छ । केही वर्ष पहिलेसम्म गाउँमा नौलो मानिस आउँदा घरको ढोका थुनेर लुक्ने गाउँपालिकाका अधिकांश महिला अहिले त्यस्ता मानिससँग गाउँका समस्या लिएर निर्धक्कसँग बहस गर्न थालेका छन् ।

“कृषि बँधुवा मजदुर न्यूनीकरण कार्यक्रमले नै मेरो आनीबानीमा समेत परिर्वतन ल्याएको हो”, गाउँकै बाबाडिहबार हरवा चरवा समूहका सदस्यसमेत रहनुभएकी जामोदेवी रामले भन्नुभयो, “नत्र नौलो मानिसअगाडि उभिएर आफ्नो नाम भन्न कहाँबाट सक्नु ? कि त ढोका थुनेर लुक्थेँ कि भाग्थेँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन