2026-09-18 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट: लोप भए गाउँका पुराना घर

जमुना गजुरेल,  असार २, विदुर । गोरखा भूकम्पका कारण नुवाकोटका पुराना र संस्कृति झल्किने घर  चार वर्षयता हराएर गएका छन् । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्कनुपूर्वका पुराना मौलिकता झल्किने घर अहिलै कतै पनि भेटिन्न । भूकम्प जानुभन्दा पहिले गाउँघरतिर खरले छाएका, ढुृङ्गाका गारा, काठका ढोका, आँखी झ्याल भएका घर हुन्थे ।  पिँढी जाँतोढिकी हुन्थे । पुख्र्याैली घर माटो र ढुङ्गाले बनेका तीनतले हुन्थे । घुमाउरो बार्दली, काठका भ¥याङ  र बुइँगल हुन्थे । रातो माटोले पोतिएको घरमा लामो फराकिलो पिँढी र  भित्र मझेरीमा ओदान राखिएको हुन्थ्यो ।  बुइँगलमा किसानका अन्नबाली   भकारीमा सुरक्षित राखिन्थ्यो । असारपछिका धान, भदौको नयाँ मकै, गहँु, तोरी, बदाम, मास, भटमास, गहत, आलुलगायत अन्न बुइँगलमा लगेर राखिने चलन थियो । पिँढीमा बस्नका लागि चारपाटे बुट्टा भरिएको फलैंचा, सुकुल, गुन्द्री, राडीलगायत राखेर पाहुना, छिमेकी, साथीभाइलगायत इष्टमित्रको स्वागत गरिन्थो । आजकल ती सबै पुराना पुख्र्याैली घर र सामान इतिहासमा मात्रै पढ्न पाइने भएको छ ।  

नयाँ घर बनाउन सरकारले अनुदान दियो तर भूकम्प प्रतिरोधात्मक घर बनाइँरहदा नेपाली संस्कृतिलाई प्राथमिकतामा नराखिएको साबिकको बुधसिं गाविस–३ हाल तारकेश्वर गाउँपालिका–४ का स्थानीय ६० वर्षीय झङ्कबहादुर बस्ती बताउनुहुन्छ ।  “ गाउँ ठाउँ झल्किने घर र बस्तीलाई गाउँकै पुरानो शैलीमा लानुपर्छ । बाटो, स्वास्थ्य, शिक्षा, खानेपानीलगायत कुरालाई प्राथमिकतामा राखेर गाउँलाई गाउँकै तरिकाले विकास गर्नुपर्छ”,  उहाँले भन्नुभयो, “भूकम्पपछि हामीले पनि नयाँ घर निर्माण गर्दा पुरानै शैलीमा बलियो र  भूकम्पबाट नभत्किने बनाउनुपर्ने थियो तर ख्याल गरेनौ । त्यतिखेरको समयमा कसरी हुन्छ बास बनाउने र सुरक्षित भएर परिवार राख्ने भन्ने मात्र चिन्ता थियो । आज आएर न पुनःनिर्माणमा ध्यान सकियो न त पुरानो शैलीमा लान नै ।” 

बस्तीका अनुसार दुईकोठे भए पनि मानिसहरुले सिमेन्टले पोतेर सरकारी भवन  या विद्यालय जसरी नै घर बनाएका छन् । “ छाना, इँटा या त टायलमा बुट्टा राख्न सकिन्थ्यो, झ्यालहरुमा आँखी बनाएर जोड्न सकिन्थ्यो, धुरीलाई बुइँगल जस्तै धुरो बनाउन सकिने थियो । अब त सम्झनामा मात्र सीमित भयो”, उहाँले भन्नुभयो ।  

सोही गाउँका सन्तबहादुर विक पहिला पहिला भूकम्पले नभत्काउँदासम्म आफ्नो घरमा बस्दा छुट्टै आनन्द आउने गरेको बताउनुहुन्छ ।  “गर्मीमा चिसो हुँदा मझेरीमा बस्दा, सुत्दा स्वास्थ्यलाई पनि फाइदा हुन्थ्यो । अहिले त  सिमेन्ट तातेर बस्न सकिन्न, जाडोमा शीत पर्ने, गर्मीमा तात्ने गर्छ”,  उहाँले भन्नुभयो, “ पुराना चलनका घरहरु खै अब कहाँ देखिन्छ र, हाम्रा चलनका घर, फलामका भाँडाहरु बनाउने काम पनि भूकम्पले गर्दा हराएर गए ।”

विदुर नगरपालिका–५ का रामकृष्ण भट्ट भन्नुहुन्छ, “ भूकम्पले क्षति पु¥याएको हाम्रो ठाउँमा अब नयाँ अवतारका पुनःनिर्माण भएका छन् । धर्म, संस्कृति, रीतिथिति सबै नाश भयो । मौलिकता हरायो, पुरातत्व हरायो, पुराना मठमन्दिर, पाटीपौवा खै कहाँ छन् ती  संरचना ? ” उहाँले सरकारले पुनःनिर्माणको बाटो अपनाइँरहदा मौलिकताको नाश नहुने नियम पनि  लगाउनुपर्ने थियो भन्नुभयो । 

हाल नवनिर्मित घरहरुमा पुराना मौलिकता आउने खालका नभएको ज्येष्ठ नागरिकसमेत बताउँछन् । पुराना पुख्र्र्याैली घरको आर्कषण अझै पनि मानिसमा रहेको स्थानीयवासी बताउँछन् । 

नुवाकोट एक पर्यटकीयस्थल हो र यो  धर्मसंस्कृतिको जर्गेना गर्ने जिल्लाका रुपमा चिनिन्छ ।  यहाँका  साततले दरवार, भैरवी मन्दिर, जाल्पादेवी, वासुकी नागको मन्दिर, बेत्रावती धाम, दुप्चेश्वर महादेव, ककनी, वसन्ती दरबार, तादी र त्रिशूली नदीको मनमोहक सङ्गम, तलेजु, कोतघर, यहाँका आकर्षण हुन् । पुराना घरले त्यसमा सौन्दर्य थपेको थियो ।  भूकम्पपछि बनेका सबैका घर ढलान गरेरै बनेका छन् । पुरानो शैली लोप भएर गयो । 

राष्ट्रिय प्राधिकरण कार्यालय नुवाकोटको तथ्याङ्कअनुसार भूकम्पछि भत्किएका ७६ हजार ९४३ घरमध्ये २४ हजार घर पुनःनिर्माण हुन सकेका छैनन्  भने  आठ हजार घर निर्माणका लागि शुरु नै भएका छैनन् ।

भूकम्पबाट क्षतिग्रस्त घरमध्ये ३६ प्रतिशत  निर्माण हुन बाँकी छ । अठ्चालीस हजार ४ सय घरले तेस्रो किस्ता लगिसकेको नुवाकोट प्राधिकरण कार्यालयले जनाएको छ । 

लाभग्राही सूचीमा सूचीकृत भूकम्पपिडित घरपरिवारलाई निर्माण सम्पन्न भएपछि अन्तिम तेस्रो किस्ता अनुदान रु चार अर्ब ४० करोड ८९लाख निकासा भइसकेको छ । यसैगरी पहिलो र दोस्रो किस्ता अनुदान लिएका घरपरिवार ८९ प्रतिशत अर्थात् ६४ हजार १७६ छन् । त्यसका लागि रु नौ अर्ब ६२ करोड ६४ लाख अनुदान सरकारले भूकम्पपीडितका लागि खर्चिसकेको छ । पहिलो किस्ता अनुदान रकम लिएकामा ९४ प्रतिशत घरपरिवार छ । त्यस्तै दोस्रो किस्ता अनुदान  लिएकाहरु ६६ हजार ६७४ र तेस्रो किस्ता लिने घरधुरीमध्ये ४८ हजार ४२१ रहेको नुवाकोट प्राधिकरण कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई