2026-06-30 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ वर्षसंगै खर्वाङमा इकाई प्रसुति केन्द्र संचालन हुने

bag news

कमल पौडेल । चैत्र ७, बागलुङ (खर्वाङ) । बागलुङको पश्चिम खर्वाङ बजारमा पहिलो पटक इकाई प्रसुति केन्द्र संचालन हुने भएको छ। आइतवार जिल्ला जनस्वास्थ्य कार्यालय वागलुङका प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशिक्षक महेश्वर श्रेष्ठको विशेष उपस्थितिमा भएको सरोकारवालाहरुको वैठकले नयाँ वर्ष सँगै सो प्रसुति केन्द्र संचालन गर्ने निर्णय गरेको हो ।

सोहि वमोजिम मित्र वहादुर पुनको अध्यक्षतामा ७ सदस्यिय प्रसुति केन्द्र व्यावस्थापन तथा संचालन समिति गठन गरिएको छ । जसको सचिवमा होसियार सिंह थापा, कोषाध्यक्षमा डिप्लोमा खरेल, सदस्यहरुमा विष्णुमाया अर्याल, प्रेम पुन, सिता खरेल तथा मना राना रहनु भएको छ। त्यस्तै वैठकले गाविस अध्यक्ष एवं सचिव गिता पौडेलको संयोजकत्वमा सुवेदार रत्न वहादुर क्षेत्रि, विष्णु भुसाल, नारायण धिताल, भिमलाल पोखरेल, विना थापा र कोपिला थापा रहेको सल्लाहकार समिति पनि गठन गरेको छ। दगातुन्डाडा गाविस तथा स्थानिय श्रोतवाट ३ कोठे भवन व्यावस्थापन गर्ने तथा जिल्ला जनस्वास्थ्य कार्यालले प्राविधिक सामाग्री उपलब्ध गराउने र २४ घण्टे प्रसुति केन्द्र को लागी स्थानियले १ र स्वास्थ्य कार्यालयले १ गरी २ जना स्वास्थ्यकर्मि रहने गरि प्रसुति केन्द्र संचालन गर्ने निर्णय भएको छ। र सोहि वमोजिम आजै कोठा व्यावस्थापनको लागी ठेक्का दिइसकिएको अध्यक्ष मित्र वहादुर पुनले जानकारी दिनुभएको छ।

baglung news

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठ, गल्कोट प्रथमिक स्वास्थ्य केन्द्रका डाक्टर त्रिभुवन भण्डारी, दगातुन्डाडा गाविसका पूर्व अध्यक्ष मित्र वहादुर पुन, नेपाली काग्रेसका सुवेदार रत्न वहादुर क्षेत्रि, एमालेका विष्णु भुसाल लगाएत दगातुन्डाडामा क्रियाशिल सरकारी तथा गैरसरकारी एवं स्वास्थ्य संग सम्बद्ध व्याक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम दगातुन्डाडा स्वास्थ्य चौकी संचालन तथा व्यावस्थापन समितिका अध्यक्ष एवं गाविस सचिव गिता पौडेलको अध्यक्षता तथा स्वास्थ्य चौकी इन्चार्ज यान श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रसुति केन्द्र संचालन पछि दगातुन्डाडा, लगाएत ग्वालीचौर, रिघा, सिसाखानी का साथै गुल्मीको मुसिकोट, वामी, वडागाउँ लगाएतका वासिन्दा प्रत्यक्ष लावान्भित हुने वताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ