२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

थापाको १६ औं दिनको पुण्य तिथिमा शोकसभा सम्पन्न

२०७२, ११ चैत्र बिहीबार १४:०४

कमल पौडेल/ चैत ११, बागलुङ (खरवाङ) । नेकपा एमाले दगातुन्डाडाको आयोजनामा पार्टिका संगठित सदस्य निर्मला पुलामी थापाको १६ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा दगातुन्डाडा १ ओवाङमा सम्पन्न भएको छ।

सभामा बोल्ने वक्ताहरुले थापाको योगदानको चर्चा गर्दै दिवाङ्गत आत्मको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार जनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । कार्यक्रममा ने.क.पा. एमाले जिल्ला कमिटि बागलुङका सदस्य विना थापा, क्षेत्रिय कमिटि सदस्य इश्वर थापा, वार्ड कमिटि अध्यक्ष बोम वहादुर सलामी, अनेरास्ववियू जिल्ला सदस्य दिनेश थापा लगाएतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेकपा एमाले गाउँ कमिटि दगातुन्डाडा का अध्यक्ष रेम वहादुर भुजेलको अध्यक्षता एवं सचिव आकाश शर्माको संचालनमा सम्पन्न भएको थियो ।
baglung sajhasabal 1
निर्मलाको ४४ वर्षको अल्पआयुमै यहि फागुन २५ गते उपचारकै क्रममा काठमाडौंमा निधन भएको थियो । विद्यार्थी जिवन देखिनै कम्यूनिष्ट राजनितिमा लागेकी निर्मला एमालेका जनवर्गिय संगठनहरुमा सक्रिय हुनुहुन्थ्यो । विवाह नगरेकी निर्मला, सिद्धपुर प्राथमिक विद्यालय दगातुन्डाडा २ मा स्थायी शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

baglung sajhasabal 2

यसै विच परिवारको सहयोगमा विद्यालयमा ६० हजार वरावरको निर्मला स्मृति अक्षय कोषको स्थापना गरिएको छ। अक्षयकोषवाट प्राप्त व्याज रकमले हरेक वर्ष फागुन २५ गते गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक इश्वर थापाले जानकारी दिनुभएको छ।

baglung sajhasabal 3

baglung sajhasabal 4

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला