२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

५९ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित सम्पन्न

२०७२, २० चैत्र शनिबार १५:२६

Sarsafaiकमल पौडेल । चैत्र २०, बागलुङ (खर्वाङ) । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी भन्ने नाराका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस, दगातुन्डाडामा भएका सहकारीहरुले खर्वाङ बजार सरसफाई गरि मनाएका छन् ।

नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था, दिदि वहिनि वचत तथा ऋण सहकारी संस्था, मिलन व्यावसायीक कृषि सहकारी संस्था र सारथी संचार सहकारी संस्थाको संयुक्त अगुवाईमा सो वजार सरसफाई गरिएको हो । दगातुन्डाडाको वार्ड नं. ७ को खारपानी देखि खर्वाङ बजार हुँदै वडा नं. ६ को हाँडिखोला वजार सम्म गरिएको सरसफाईमा दगातुन्डाडा गाविस सचिव एवं अध्यक्ष गिता पौडेल, दगातुन्डाडामा क्रियासिल राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकार तथा स्थानिय लगाएतको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रमपछि भएको कोण सभालाई सम्बोधन गर्दै गाविस सचिव एवं अध्यक्ष गिता पौडेलले बजारको सरसफाईलाई स्थानिय द्धारा निरन्तरता दिनु पर्ने वताउनु भएको थियो । कोणसभाको नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका सचिव दुर्गा अर्यालले संचालन गर्नुभएको थियो ।

यसैविच सारथी संचार सहकारी संस्थाले सनिवार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सहकारी अभियान वाट मात्रै देश सम्बृद्ध वन्न सक्ने वताइएको छ। सहकारीका अध्यक्ष विष्णु प्रसाद भुसाल द्धारा हस्ताक्षरित विज्ञप्तीमा सहकारी आन्दोलनलाई आजको अवस्थामा ल्याउने सवै प्रति धन्यवाद व्यक्त गरिएको छ। विज्ञप्ती मार्फत भुसालले सबैलाई सहकारी आन्दोलनमा सरिक हुन आग्रह समेत गर्नुभएको छ।

Sarsafai 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ