जाजरकोटमा बन्ने भयो आधुनिक अस्पताल

साझासवाल

असार ४, जाजरकोट । भौतिक पूर्वाधारको अभावमा चिरापरेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ । अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएपछि  करीब रु ३३ करोडको लागतमा नयाँ भवन  निर्माणका  लागि सुर्खेतस्थित शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइले जिल्ला अस्पतालको भवनसहित अन्य पूर्वाधार निर्माणका लागि गत सोमबार बोलपत्र आह्वान गरेको थियो । विसं२०३३ मा निर्माण गरिएको जीर्ण भवनमा अस्पतालले  सेवा दिइरहेको थियो ।

नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस् भनेर  कर्णाली प्रदेश सरकारले  वैकल्पिक भवन निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४९ लाख उपलब्ध गराएकाले निर्माण कार्य जारी रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो । भवन अभावका कारण ५० श्ययाको उक्त अस्पतालले  मुस्किलले २५ श्ययाको मात्र सेवा उपलब्ध गराउँदै आएको थियो ।

अब नयाँ भवन निर्माण र अहिले बन्दै गरेको भवन निर्माण कार्य पूरा भएमा सेवा प्रवाह सजिलो हुने मात्र होेइन बिरामी राख्नसमेत सहज हुने देखिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

जाजरकोट , रुकुम र डोल्पा जिल्लाका बासिन्दाको उक्त अस्पतालमा भीड लाग्ने गरेको छ । यसअअघि निर्माण व्यवसायीले निर्माण गर्र्दा बीचमै छाडेर लथालिङ्ग बनाएका अस्पातलको प्रसूतिगृहलगायत भवनहरु अहिले अस्पतालकै पहलमा निर्माण गर्न लागिएको छ । एक महीनाअघि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यहाँ आधुनिक अस्पताल निर्माण गरिने प्रतिवद्धता जनाउनुभएको थियो ।

त्यसैगरी जिल्लाका दल्ली, छेडागाड, गर्खाकोटमा समेत स्वास्थ्य चौकी भवन निर्माणका लागि काम भइरहेको उहाँले जानकारी दिनुभएको थियो ।क्षमता विस्तारसँगै नयाँ उपकरण र चिकित्सकहरुको व्यवस्थापन भएसँगै उक्त अस्पतालको स्वरूप परिवर्तन भएको छ । त्यस्तै भेरी नगरपालिकाको सहयोगमा आधुनिक लेखा तथा व्यवस्थापन उपकरण उपलब्ध भएपछि अस्पतालमा हुँदै आएका आर्थिक अनियमितता नियन्त्रण भएको छ ।

यसै वर्षदेखि जाजरकोटमा बहुप्राविधिक शिक्षालयमार्फत स्वास्थ्य क्षेत्रका विभिन्न कक्षा सञ्चालन गरिने भएको छ । जाजरकोट अस्पतालको समन्वय र सहकार्यमा सो शिक्षालय स्थापना भएको हो । अहिले बर्खायाममा जिल्लाका कुनै पनि स्वास्थ्यकर्मीको सरुवा, काज सरुवाजस्ता क्रियाकलाप  बन्द गरिएको छ ।

Leave a Comment

Leave a Reply