2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सिकाई उपलब्धी वढ्दा निजि विद्यालयवाट विद्यार्थी सामुदायीक विद्यालय तर्फ

कमल पौडेल, बैशाख ९, बागलुङ (खर्वाङ) । त्रिभुवन उच्च माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका विच कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको छ।

b1

कक्षा ११ का विद्यार्थीहरुद्धारा गरिएको विदाई कार्यक्रममा विद्यालयका प्राचार्य ढालमणि भण्डारी, सहायक प्राचार्य शिवलाल पोखरेल, शिक्षक वद्रिनाथ घिमिरे लगाएतले विदाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै कक्षा ११ का धन वहादुर विक ले विदाई मन्तव्य, तारा रेश्मीले विदाई गित प्रस्तुत गरेका थिए । कार्यक्रम कक्षा ११ का सुदिप आचार्यको अध्यक्षता, कक्षा ११ कै दधिराम वनको स्वागत मन्तव्य, र कक्षा ११ का अनिष पाठक तथा कक्षा १२ का तिलक घर्तिको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कक्षा ११ तथा कक्षा १२ का विद्यार्थीहरुले आपसमा मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै कक्षा १२ को तर्फवाट विद्यालयका शिक्षक तथा विद्यालयको लागी मायाको चिना प्रदान गरेका थिए । त्यस्तै विदाई हुँदै कक्षा १२ का विद्यार्थीहरुले आफुहरुले सिकेको ज्ञानसिपलाई अधिकतम उपयोग गर्दै विद्यालयको नाम उचो राख्न सहयोग गर्ने वताएका थिए ।

b2

यसै विच सोहि कार्यक्रममा विद्यालयले कक्षा ११ तथा १२ को लागी संचालन गरेको प्रिवोर्ड परीक्षाको नतिजा समेत प्रकाशन गरिएको छ। जस अन्तर्गत कक्षा ११ मा योग कुमारी वि.क. प्रथम, तिलक गिरि द्धितिय तथा दधिराम वन तृतिय भएका छन्। त्यस्तै कक्षा १२ मा अनिता पोखरेल प्रथम, विमला वन द्धितिय तथा लोकेन्द्र पुन तृतिय भएका छन्। कार्यक्रमकै अवसरमा विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

b3

बागलुङ को पश्चिम क्षेत्रमै उत्कृष्ट विद्यालयको रुपमा स्थापित भैरहेको सो विद्यालयमा शैक्षिक सत्र २०७३ को लागी कक्षा संचालन भई सकेको प्राचार्य ढालमणि भण्डारीले जानकारी दिनुभएको छ। नेपाली तथा अंग्रेजी गरि दुवै माध्ययममा कक्षा संचालन गरिरहेको विद्यालयमा चालु शैक्षिक सत्रको लागी कक्षा १० सम्ममा ७ सय २५ जना विद्यार्थी भर्ना भईसकेको र वाँकि रहेका विद्यार्थीहरुलाई पनि विद्यालयमा ल्याउने कार्यक्रम चलिरहेको प्राचार्य भण्डारीले जानकारी दिनुभएको छ। भण्डारीका अनुसार विद्यार्थीहरुलाई बैसाख ५ गते नै पुस्तक वितरण गरि कक्षा संचालन समेत भैसकेको छ।

२०१७ सालमा दगातुन्डाडा ६ मा स्थापना भएपनि स्थानान्तरण हुँदै २०५६ सालदेखि खर्वाङमा सो विद्यालय सुरु गरिएको थियो । २०६४ साल देखि कक्षा १०, २०६८ साल देखि उच्च माध्यमिक तह संचालन गरेको विद्यालयले हरेक वर्ष जिल्लामै उत्कृष्ट मध्ये नतिजा ल्याउँदै आएको छ।

प्रा.वि. तहमा मात्रै स्थायी दरवन्दि भएको सो विद्यालयमा कक्षा १२ सम्म कक्षा संचालन भैरहेको छ। सो विद्यालयमा ६ जना स्थायी, ७ जना राहत तथा २ जना उच्च मावि अनुदान प्राप्त शिक्षक छन् भने १५ जना शिक्षक निजि श्रोतमै रहेको विद्यालयले जनाएको छ।

अधिकांश दलित, कुमाल, जनजाति समुदायका वालवालिकाहरु अध्यापन गर्दै आएको विद्यालयमा हाल निजि विद्यालयवाट समेत विद्यार्थीहरु आउने गरेको विद्यालयले जनाएको छ। यस वर्षपनि ३५ जना विद्यार्थी निजि विद्यालयवाट स्थानान्तरण भई विद्यालयमा भर्ना भएको विद्यालयका लेखापाल लोकमणि अर्यालले जानकारी दिनुभएको छ।

विद्यालयमा कक्षा कोठाको अभावमा एकै कक्षामा ८० जना भन्दा धेरै विद्यार्थी हुँदा पनि सेक्सन खोल्न नसकिएको प्राचार्य भण्डारीले जानकारी दिनुभएको छ। थोरै विद्यार्थी हुने कक्षा का विद्यार्थीले क्यान्टेनमै पढ्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई