2026-09-13 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मोटरसाइकल दुर्घटनाका मृतकको सनाखत: मृतक दुवै जना दाङको भएको पुष्टि

असार ८, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–६ स्थित कलोनीमा गएराति दुर्घटनामा जलेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृतक दुवै जना दाङ जिल्ला लही नगरपालिका–३ का २६ वर्षीय मानबहादुर चौधरी र २७ वर्षीय काशीराम चौधरी भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रवीनराज मैनालीले पुष्टि गर्नुभयो । 

मृतकका आफन्त बुटवलमा रहेको र घटना थाहा पाएर प्रहरीको सम्पर्कमा आएपछि उनीहरुको सनाखत भएकोसमेत उहाँले बताउनुभयो । दाङ लमहीका मजदूर बुटवलमा काम सकेर राति घरतर्फ जान लागेका बेलामा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना७ख ५९४८ नं को बसले गएराति करीब १२ बजेको समयमा बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु८प ८४७५ नंको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवै जनाको जलेर मृत्यु भएको थियो । मृतकको शरीर जलेर क्षत्विक्षत अवस्थामा नचिन्ने अवस्थामा रहेकाले आफन्त सम्पर्कमा आएपछि मात्र सनाखत हुन सकेको हो । 

गढवा गाउँपालिका दुई वडाको कार्यालय भवन निर्माण

दाङको गढवा गाउँपालिका–३ र ७ को वडा कार्यालय भवन निर्माण सम्पन्न  भएका छन् ।

गाउँपालिकाका  प्रशासकीय  अधिकृत नोखरी राम वलीले दिनुभएको जानकारीअनुसार वडा नं –३ को कार्यालय  गोबडिया र वडा नं– ७ को कार्यालय भवन मानपुरमा सम्पन्न भएका हुन् । 

चालू आर्थिक वर्षमा नै शुरु गरिएका  दुबै कार्यामध्ये वडा– नं ३ रु ४३ लाख ७८ हजार र  वडा नं– ७  भने रु ४५ लाख ३३ हजारको लागतमा निर्माण गरिएको पनि प्रशासकीय अधिकृत वलीले जानकारी दिनुभयो । 

वडा नं ३ निर्माणको जिम्मा भीमादेवी निर्माण सेवा गढवा र ७ नं कार्यालयको भवन निर्माणको जिम्मेवारी शर्मा  निर्माण सेवा दाङले पाएको थियो । वडा कार्यालयको आफनै भवन निर्माण भएपछि नागरिकलाई अव सेवा प्रवाहमा सहजता हुनेछ । यसअघि दुबै कार्यालय भाडाको घरमा  बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन