By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    9 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    10 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    15 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मूलको पानी घट्दै, यस्तो छ मुहानमा पानी घट्नुको कारण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > नुवाकोट - NWK > मूलको पानी घट्दै, यस्तो छ मुहानमा पानी घट्नुको कारण
नुवाकोट - NWKसमाज

मूलको पानी घट्दै, यस्तो छ मुहानमा पानी घट्नुको कारण

साझासवाल
Last updated: June 23, 2019 1:40 pm
साझासवाल
6 Min Read
Share

असार ८, नुवाकोट (रासस) | नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सिलामेमा १५/२० वर्ष अघि कुलो खनेर हिउँदमा गहुँ र तोरी लगाइन्थ्यो । स्थानीय नवराज अधिकारीलाई अहिले उक्त खेती प्रणाली इतिहास बनेको छ । 

Contents
  • मुहानमा पानी घट्नुको कारण 
  • कसरी समाधान गर्ने 

त्यसैगरी हरियाली हुन्थे धादिङका विकट किराञ्चोकको रिष्ठाबोटेलगायत बस्तीका पाखापखेरा । त्यो पनि अहिले इतिहास बनिसकेको छ । कतिपय कुलो सुके त कतिपय सडकमा परिणत भएका छन् । एक त पानीका मुहान सुक्ने अर्को भएका मुहानमा पानीको मात्रा घट्ने हुँदा मुलुकका धेरै जिल्लामा पानीको हाहाकार छ । मानिस घण्टौँ लगाएर पिउने पानी ल्याउन बाध्य छन् । 

शहरमा मात्रै होइन पहाडी क्षेत्रमा समेत नदीबाट ट्याङ्करले पानी बोकेर घरघर वितरण गर्नुपर्ने बाध्यता छ । सुख्खापनको जोखिम बढ्दो छ । भोजपुर, खोटाङ, रामेछाप, काभ्रे, गुल्मी, दैलेखलगायतका जिल्लामा पानीको ठूलै समस्या रहेको पानीको स्रोतबारे अध्ययन गर्दै गर्नुभएका वातावरणविद् सनोत अधिकारीले बताउनुभयो । 

पानीको अभावमा मानिसहरु थातथलो छाडेर गएका छन् । पानी नभएका कतिपय गाउँलाई सरकारले नै सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको छ । अधिकारीको नेतृत्वमा हालै भएको एक अध्ययनले स्रोतबाट पानीको बहाब अप्रत्याशित रुपमा घटेको देखाएको छ । युथ एलायन्स फर इन्भाइरोमेन्टले एक वर्ष लगाएर पश्चिम नेपालका विभिन्न जिल्लामा गरेको अध्ययनले ७० दशमलव ०७ प्रतिशत मुहानबाट बहाब ९मूलबाट निस्कने पानीको मात्रा० घटेको पाइएपछि पानीको चरम सङ्कटलाई पुष्टि गरेको छ ।

यो समस्या देशव्यापी भएपनि तराई, पहाड र हिमाली क्षेत्रमा फरकफरक रहेको उक्त संस्थाका अध्यक्ष तथा अनुसन्धानकर्ता अधिकारीले बताउनुभयो । “अध्ययनले हामी पानीको सङ्कटतिर गइरहेका छौँ भन्ने देखाएको छ, मुहान संरक्षण योजना नहुँदा आउँदो वर्षहरुमा विकराल रुप लिनपनि सक्छ, सरकारको ध्यानाकर्षण होस्”, उहाँले भन्नुभयो ।

पश्चिम नेपालका प्यूठान, अर्घाखाँची, दैलेख, कालिकोट, अछाम, सुर्खेत, डोटी, डडेलधुरा, कैलालीलगायत जिल्लाका पाँच जलाधार क्षेत्रमा पानीको बहाब कस्तो छ, त्यहाँबाट आउने पानीको गुणस्तर र भूव्यवस्थामा भएको परिवर्तनबारे अध्ययन भएको थियो । झण्डै चार हजार २०० पानीका मुहानको अध्ययनमा धेरै मुहानमा पानी घटेको, पछिल्ला तीन वर्षका अवधिमा मात्रै एक दशमलव ५७ प्रतिशत मुहान सुकेका र केही थपिएका पाइएको छ । झण्डै २६ प्रतिशत मुहान भने यथावत अवस्थामा पाइएका थिए । 

अधिकारीको नेतृत्वमा डा अनुप गुरुङ, राजु चौहान, सेलिना नकर्मी र सरिता घलेको टोली सहभागी रहनुभएको थियो । अध्ययनमा पानीको गुणस्तरमा भने खासै समस्या नरहेको पानीको गुणस्तरसम्बन्धीका विज्ञ डा गुरुङले जानकारी दिनुभयो । आज भन्दा २० वर्षअघि त्यही मूलबाट एक गाग्री भरिन दुई मिनेट लाग्नेमा अहिले त्यही मूलबाट गाग्री भरिन पाँच मिनेट लाग्ने अवस्था रहेको अनुसन्धानकर्ताको भनाइ छ । 

मुहानको संरक्षण र स्रोत व्यवस्थापनमा लाग्नुपर्ने आवश्यकता अध्ययनले देखाएको छ । तर मुहान संरक्षणमा कतैबाट ध्यान पुग्न नसकेको विज्ञहरु बताउछन् । जलवायू परिवर्तसम्बन्धीका विज्ञ डा विमल रेग्मी विनाशविनाको विकास जरुरी रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा छोटो समयमा बढी पानी पर्ने हुँदा त्यसको समुचित व्यवस्थापन गर्न सकिएन भने ठूलो समस्या निम्तने खतरा रहेको औँल्याउनुहुन्छ । 

स्रोत संरक्षणको प्रावधान हालै सरकारले ल्याउन लागेको वातावरणसम्बन्धीको विधेयकले समेट्नुपर्ने उहाँको राय छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘वातावरण संरक्षण विधेयक’ २०७५ अहिले छलफल कै चरणमा छ । “बाबुबाजेको पालामा पोखरी खन्ने चलन थियो, यो वैज्ञानिकरुपले पनि सही देखिन्छ तर अहिले त त्यस्ता पोखरीसमेत हराइसके यस्ता विषयमा कानून बोल्नुपर्छ, मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध प्रष्ट दण्ड र जरिवाना हुनुपर्छ”, डा रेग्मीले भन्नुभयो ।

पूर्वसचिव तथा वातावरणविद् कृष्णचन्द्र पौडेल वन जङ्गल, र पखेराहरु मास्ने, गिटी बालुवा जथाभावी निकाल्ने कारणले प्राकृतिक स्रोतमा असर पर्ने भएकाले बेलैमा सचेत हुनुपर्ने औँल्याउनुहुन्छ ।

मुहानमा पानी घट्नुको कारण 

अनुसन्धानकर्ताका अनुसार पहिलो त जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा फरक आएको छ । पहिले लामो समयसम्म पानी पथ्र्यो, जमीन मुनी जान पाउथ्यो तर अहिले पानी एकै चोटी पर्ने र छिटै बगेर जाने हुँदा पानी रिचार्ज हुन पाएन । 

गाउँघरतीर आहाल, कुला, पोखरी, बनाइन्थ्यो, त्यसले पानी पुनःभरण गर्न सहयोग पुग्थ्यो भने गाईवस्तुका लागिसमेत प्रयोग हुन्थ्यो । त्यस्ता पोखरीले तल्लो क्षेत्रमा पानी रिचार्ज गर्न सहयोग हुन्थ्यो । अहिले पोखरीहरु सडक, फुटबल चौरमा परिवर्तन भएका छन् भने केही बाझिएका छन् ।

अनुसन्धानकर्मी चौहानका अनुसार अव्यवस्थित रुपमा बाटोघाटो निर्माणले पानीको बाटो कारिएर नष्ट हुँदा मुहानमा असर परिरहेको छ । पानी पर्दा बाटोमा छिटो बग्ने अवस्थाले पुनःभरणमा समस्या हुन्छ । स्रोत संरक्षणको साटो पानीका मुहानमा क्रङ्क्रिटका संरचना बनाउन क्रम बढ्दो छ ।

भूकम्पलगायत प्रकोपका कारणले पनि पानीको स्रोतमा उतारचढाव भइरहेको अध्ययनका क्रममा पाइएको छ । यसको वैज्ञानिक अध्ययन गर्न बाँकी रहेकाले अध्ययनको तयारी भइरहेको उहाँले बताउनुभयो ।

कसरी समाधान गर्ने 

मुख्य गरी यस्ता मुहान जोगाउनका लागि जसरी हुन्छ परेको पानीलाई पुनःभरण गर्नुपर्छ । पानीलाई जमीनमा नै राख्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ । यसको संरक्षण स्थानीय तहको भएकाले मुहान संरक्षणको योजना बनाउनु जरुरी देखिन्छ । जल, जङ्गल र जमीन संरक्षणका लागि सङ्घीय सरकारको विशेष पहल जरुरी छ । अहिलेको जस्तो अवस्था कायमै हुने हो भने आउँदो २०,२५ वर्षमा मुहान कहाली लाग्ने अवस्थामा पुग्ने अनुसन्धानकर्मीको अनुमान छ ।

पहाडी क्षेत्रमा एक किसिमको समस्या रहेको र तराई तथा शहरी क्षेत्रमा अर्के समस्या छ । तराईमा चुरे दोहन छन् । काठमाडौँमा छुट्टै समस्या छ । उपत्यकामा पानी सोस्ने क्षेत्रमा क्रंक्रिटमय भएको र पहाडी क्षेत्रमा समेत प्लटिङ भइरहेकाले पानी तल्लो तहमा पुग्न सकेको छैन । विज्ञहरुले प्रकृतिक स्रोत, जल, जमीन, जङ्गल र वातावरण संरक्षणमा लागि स्पष्ट निर्देशन दिनसक्ने अन्तरमन्त्रालय संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article साझाका थप २० बस असार १६ गतेदेखि संचालनमा आउने, रुट कुन-कुन ?
Next Article नेपाल एयरपोर्टबाट फिल्मी तरिकाले भारतीय व्यापारीसँग २३ लाख लिएर फरार नेपाली युवती पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

प्राकृतिक विपत्तिबाट पीडितका लागि प्रतिकूल वर्ष सन् २०१७

57 years ago
जाजरकोट - JKTसमाज

जाजरकोटमा रुखबाट लडेर एक जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

वाग्मती मन्त्रिपरिषद्ः महिलासहित तीन मन्त्री र एक राज्यमन्त्री थप

57 years ago
मुख्य समाचारसमाज

म्यासेजमा पठाइएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?