2026-09-13 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु

असार ९, महोत्तरी । महोत्तरीको औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो । 

गाडीको ठक्करबाट निजको मृत्यु भए तापनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । टाउकोमा गम्भीररुपमा चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक किशोर अचार्यले बताउनुभयो । 

शव परीक्षणको लागि जलेश्वर पठाउने तयारी भइरहेको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिनुभयो । 

जिल्ला अस्पताल सञ्चालन

बालिकाको मृत्युपछि आइतबार दिनभरि बन्द रहेको महोत्तरीको जिल्ला अस्पताल आज बिहानैदेखि सञ्चालन भएको छ । जलेश्वर नगरपालिका–३ खैरा गाउँ बस्ने प्रमोद यादवकी छोरी चार वर्षीया शिवानी यादवको डाक्टरले उपचार नगरिदिँदा मृत्यु भएको भन्दै उनको परिवारजन र स्थानीयको एक समूहले बालिकाको शव जिल्ला अस्पतालको मूलढोका अगाडि राखेर अस्पतालमा तालाबन्दी गरेपछि आइतबार दिनभरि सो अस्पताल बन्द रहेको थियो । 

मृतक बालिकाका परिवारजन तथा युवाको समूहले अस्पतालको ओपिडी, स्वास्थ्य कार्यालय, स्वास्थ्य कार्यालय प्रमुख डा राजीव झाको क्वार्टर र बालिकालाई उपचारको लागि ल्याइएको बेला ड्युटीमा रहेको तर अस्पतालमा उपचारको लागि नआएका डा केशर चौधरीको क्वार्टरमा तालाबन्दी गरी दिएका थिए । तर अस्पतालको आकस्मिक कक्ष भने सञ्चालनमा नै रहेको थियो । 

आइतबार बिहान ४ बजेतिर अत्यधिक झाडाबान्ता लागेर उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएकोमा ड्युटी भएका डाक्टर केशर चौधरी तथा स्वास्थ्य कार्यालय प्रमुख डा राजीव झासमेत नआइदिएको र उपचारमा रहेका जुनियरले बालिकालाई उपचारै नगरी जनकपुर रेफर गरिदिएपछि बालिकाको बाटैमा मृत्यु भएपछि आक्रोशित परिवारजनले बालिकाको शव अस्पतालमा राखेर  बन्द गराएका थिए ।  

तालाबन्दीका कारण अस्पतालका ओपिडी सेवा, ल्याब र स्वास्थ्य कार्यालय सञ्चालन नभएपछि सेवाग्राही मारमा परेपछि आइतबार नै जिल्ला प्रशासनमा बसेको पीडित पक्ष र अस्पताल प्रशासनबीच दोषी देखिएका डाक्टरलाई कारवाही तथा स्वास्थ्य कार्यालय प्रमुख झालाई समेत कारवाहीको लागि विभाग र मन्त्रालयमा लिखितरुपमै पत्राचार गरिएपछि आज बिहानैदेखि सो अस्पताल सञ्चालन भएको हो । 

दोषी डाक्टर तथा स्वास्थ्य कार्यालय प्रमुख झामाथि कारवाहीको लागि सहमतिपश्चात् बालिकाको शव अन्तिम संस्कारको लागि लगिएको थियो भने आज बिहानैदेखि अस्पताल पूर्ववत् नै सञ्चालन भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन