२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सकियो

२०७३, ५ बैशाख आईतवार ००:३६

सुवास वि.सी, बैशाख ५, पाल्पा । नव वर्ष २०७३ सालको उपलक्ष्यमा जल्पामा भएको खुल्ला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम सकिएको छ ।volleyball

खेलकुद मंञ्च जल्पाको आयोजना र जल्पा गाविस तथा जनसेवा युवा समुहको सहयोगमा चैत्र २८ देखि शुरु भएको कार्यक्रम शुक्रबार सकिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनसेवा युवा समुहका अध्यक्ष चित्र बहादुर कुवरले स्वास्थ्य जीवन यापनका लागि खेलकुद महत्वपूर्ण रहेको बताउनु भयो ।

volleyball1

 

उहाँले प्रतिस्पर्धाको युगमा विविध खेलकुद संग संगै शिक्षा, योग्यता, क्षमताको पनि एकै साथ विकास गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा विशिष्ट अतिथि प्याब्सनका केन्द्रिय सदस्य तथा बेथल बोर्डिङ्ग स्कुल तानसेनका प्रिन्सिपल खेम बहादुर सारु, शम्भु उच्च माध्यमिक विद्यालयका शिक्षक जय बहादुर सारु, समाजसेवी उमान सिं बयाम्बु, अम्बर राना, डोल बहादुर घर्ती, यम बराल, दिल बहादुर सारु, लेख कुमार सारु, लाल बहादुर राना लगायतले बोल्नु भएको थियो । २० समुहको सहभागिता रहेको

खुल्ला भलिबल प्रतियोगितामा प्रथम रोङध्याङ्ग युवा क्लब, दोस्रो गोठादी गाविस, तेस्रो देविनगर गाविस विज्यता भएको छ । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक/ गायिका बैकुन्थ महत, दिपक गरम्जा, ईन्द्रा गुरुङ्ग, सरिता थापा, विष्णु पाण्डे र हास्य कालाकार शंकर धिमिरे, शिव भट्टराई, सुवास वि सी, विजय बमडेल लगायतको प्रस्तुती रहेको थियो ।

लोप उन्मुख स्थानीय नाच मारुनी नाच, घाटु नाच, झाम्रे, करुवा लगायतका नाच समेत प्रर्दशन गरिएको थियो । संस्थाका अध्यक्ष नीर बहादुर सारुको अध्यक्षतामा चलेको कार्यक्रममा स्वागत मन्तब्य बिष्णु बहादुर सारुले दिनु भएको थियो । भने कार्यक्रम संञ्चालन डोलराज विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा