2026-09-13 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी : गाडीको विषयमा असन्तुष्टि जनाउँदै नगर उपप्रमुखद्वारा नगरपालिकामा ताला

असार ९, महोत्तरी । नगरपरिषद्को  पूर्वसन्ध्यामा रामगोपालपुर  नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आज नगरउपप्रमुख सीता देवीले गाडीको विषयमा असन्तुष्टि जनाउँदै कार्यालयमा तालाबन्दी गर्नुभएको हो । 

आफूले चढ्ने गाडीमाथि नगरप्रमुख अशोककुमार मण्डलले कब्जा जमाएको र सोही कारण नगरयोजना तर्जुमा कार्यक्रम अगाडि बढ्न नसकेको तथा प्रमुखले केही वडाध्यक्षसँग मिलेर मनपर्दी रुपमा कर उठाउँदै आएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको उपप्रमुख साहले बताउनुभयो । 

त्यस्तै नगरप्रमुखका स्वकीय सचिव रामजानकी मण्डलले उपप्रमुखको अधिकारमाथि हस्तक्षेप गरेको र यस सम्बन्धमा नगरप्रमुखले चासो नलिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँले बताउनुभयो । न्याय नपाएसम्म तालाबन्दी जारी रहने उहाँको भनाइ छ । 

सरकारी गाडीलाई उपप्रमुखले निजी काममा प्रयोग गर्दै आएकोले आफूले रोक्न खोज्दा विवाद भएको नगरप्रमुख मण्डलले रेडियो बताउनुभयो । उपप्रमुखले आफ्नो छोराको विवाह प्रायोजनका लागि गाडी दुरुपयोग गर्दै आएको नगरप्रमुख मण्डलको आरोप छ । नगरपालिकाको मुलगेटमा ताला लागेपछि मङ्गलबार हुने भनिएको नगरपरिषद् नहुने निश्चित बनेको छ ।   

यसैबीच महोत्तरीको भंगहा नगरपालिकाको चौथो नगरसभा आज शुरु भएको छ । एक समारोहबिच नगरप्रमुख संजिवकुमार साहको अध्यक्षतामा नगरसभा उद्घाटन गरिएको हो । नगरभामा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन