2026-09-13 05:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु

असार १०, लमही । दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । आज साँझ करीब साढे ६ः०० बजेतिर परेको चट्याङले राप्ति गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास चौधरी र १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार  राप्ति–४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङले तीनै जना बालकको घटनास्थलमै मृत्यु भएको हो । साथै सोही रुखमा चढेका विनासका भाई आठ वर्षीय अविनास चौाधरी भने गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

न्यायिक समितिमा उजुरीको चाप

तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा १०४ वटा मुद्दा दर्ता भएका छन् । 

चालू आर्थिक वर्षको हालसम्म उजुरी परेका १०४ मुद्दामध्ये २१ वटाको फछ्र्याैट भइसकेको न्यायिक समितिका संयोजक माया आचार्यले जानकारी दिनुभयो । साउनमा नौ, भदौमा तीन, असोजमा ६, कात्तिकमा चार, मङ्सिरमा नौ, पुसमा १०, माघमा पाँच, फागुनमा १२, चैतमा १४, वैशाखमा १३, जेठमा १५ र असारको पहिलो सातासम्म तीन वटा मुद्दा दर्ता भएको समितिले जनाएको छ । 

विशेषगरी घरेलु हिंसा, जग्गा रोक्का, माना–चामल, आमा–बाबु अलग भएर छोराछोरीहरु विचल्लीमा परेका जस्ता मुद्दाहरु समितिमा बढी आउने गरेको उहाँको भनाइ छ । त्यसैगरी लेनदेन, झै–झगडा, ज्येष्ठ नागरिकलाई खान–लाउन नदिएको कुटपिटलगायतका मुद्दा पनि बढी आउने गरेको संयोजक आचार्यले जानकारी दिनुभयो । 

उजुरी परे पनि दक्ष कर्मचारीको अभावमा न्याय सम्पादनमा समस्या हुने गरेको समेत उहाँको भनाइ छ । “न्यायिक समितिमा थुप्रै उजुरीहरु आउने गरेका छन्”, उहाँले भन्नुभयो, “तर दक्ष कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको छ ।” 

संयोजक आचार्यले हाल उपमहानगरका प्रत्येक वडामा मेलमिलापकर्ता सूचीकृत गरेकाले वडामा मिलाउन नसकेका मुद्दाहरु छानेर उपमहानगरपालिकामा पठाउने गरेको बताउनुभयो । यसरी मुद्दाको प्रकृतिलाई हेरेर न्यायिक समितिले पक्ष र विपक्षका सदस्य राखेर मेलमिलाप गराउँदै आएको समेत उहाँले बताउनुभयो । हाल न्यायिक समितिमा उजुरी प्रशासनमा एक, हेल्पडेक्समा एक, सचिवालयमा एक र कार्यालय सहयोगी एक गरी चार कर्मचारी कार्यरत रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन