2026-10-15 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ–सुर्खेत सडकको स्तरोन्नति तीव्र

बालाराम खड्का | असार ११, तुलसीपुर (रासस) | दाङ–सुर्खेत सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढेको छ । विगत २२ वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने ६२ किलोमिटर सडकमा कालोपत्रको काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

चार वटा ‘प्याकेज’ मा सडकको स्तरोन्नतिको काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर क्षितिज पोखरेलले जानकारी दिनुभयो । सडक स्तरोन्नतिको जिम्मा पाएको कालिका  कन्ट्रसन प्यासीप जेभीलेकोले दुई वटा ‘प्याकेज’ को काम गरिसकेको छ । अर्को दुई ‘प्याकेज’ को काम करीब ४० प्रतिशत सम्पन्न भएको इञ्जिनीयर पोखरेलले जानकारी दिनुभयो । दाङको तुलसीपुरदेखि हापुरेसम्म सडक कालोपत्रको काम सम्पन्न भएको छ । त्यस्तै हापुरेदेखि सल्यानको एक्लेबरसम्म सडक कालोपत्रका लागि ग्राभेलको काम नियमित भइरहेको छ ।

त्यस्तै कालीमाटीदेखि सुर्खेतको सिमाना काल्चेसम्म पनि बाटो ‘कटिङ’ र सम्याउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । सो सडक कालोपत्र गर्ने म्याद २०७८ सम्म रहेको छ । रु ८५ करोडको लागतमा स्तरोन्नतिको काम शुरु भएको इञ्जिनीयर पोखरेलले जानकारी दिनुभयो । दाङदेखि सुर्खेतको बोटेचौरसम्म ७८ किलोमिटर बाटो निर्माण भएसँगै दाङबाट सुर्खेत नेपालगञ्जबाट भन्दा ६५ किलोमिटर यात्रा कम हुने जनाइएको छ ।

“काममा कुनै अवरोध नभए कालोपत्रको काम एक, डेढ वर्षमा सबै काम सम्पन्न हुनेछ”, इञ्जिनीयर पोखरेलले भन्नुभयो । प्रदेश नं ५ र कर्णाली प्रदेशलाई जोड्ने यो सडक कालोपत्र भएमा सुर्खेतको बोटेचौरसम्म चार घण्टामै पुग्न सकिनेछ । सडक जोडिएसँगै दाङको समृद्धिको ढोका पनि खुल्ने यस क्षेत्रका मानिसको भनाइ छ । सडकको स्तरोन्नतिसँगै यहाँबाट सुर्खेत, कालीकोट, जुम्ला, मुगुको रारासम्म पुग्न सहज हुने बताइएको छ । 

निर्माणको कामले गति लिएपछि भने पक्की सडकका कारण सुरक्षित यात्रा गर्न पाइने प्रतिक्षामा पश्चिम दाङवासी रहेका छन् । स्तरोन्नतिसँगै दाङको पश्चिम भेगका बजारको आवादी पनि बाक्लिँदै गएको छ । यसको सो क्षेत्र विकासतर्फ लम्कँदैछ भने कर्णाली क्षेत्रसँग दाङको सिधा सम्पर्क निकै सहज हुने स्थानीयवासी बताउँछन् । 

“दाङको विकासमा यो सडक काशेढुङ्गा सावित हुनेछ”, स्थानीय कृष्णकुमार गिरीले भन्नुभयो । उहाँले भन्नुभयो, “विसं २०४५ मा फरुवा र कोदाली लिएर हामीले बाटोको ‘ट्रयाक’ खोलेका थियाँै, अहिले स्तरोन्नति भएको देख्दा निकै खुशी लागेको छ ।” 

सो सडक खण्डमा पहिले यात्रा गर्दा मानिस चिन्न नसक्ने गरी धुलो उड्ने र यात्रामा निकै जोखिम हुने गरेको भुक्तभोगी यात्रुको अनुभव छ । विगतको यात्रामा कष्ट भोगेका अहिले भने यात्रा सहज हुने भन्दै खुशी व्यक्त गर्दछन् । “त्यस्तो सडक यस्तो बन्ला भनेर हामीको कल्पना नै गरेका थिएनाँै तर हाल सडकको धेरै सुधार भएको छ, अब सबै कालोपत्र भयो भने दाङको पनि विकास हुन्छ, प्रदेश नं ५ र कर्णाली प्रदेश जोड्ने यो सडक बन्नु सबैका लागि खुशीको कुरा हो”, स्थानीय रामबहादुर डाँगीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित