Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बाढीको जोखिममा दाङ, प्रशासन ‘हाइ अलर्ट’, ३७ वटा वडा उच्च जोखिममा

२०७६, १३ असार शुक्रबार ०८:१२

नवीन नेपाली, असार १३, नारायणपुर । जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान समेत गुमाए । 

दाङको बबई नदीमा दुई पटक आएको यो बाढीले २५ जनाको ज्यान लियो । तीनजना अझै बेपत्ता छन् भने कयौँ घाइते भए । नौ हजार ३८५ जनाभन्दा बढी प्रभावित मात्र भए । उनीहरु बस्दै आएका करीव एक हजार ५०० भन्दा बढी भौतिक संरचनाहरु जमीनमा विलिन भए । यसले झन् गरीबी निम्त्यायो भने बालबालिकाहरुमा कुपोषण देखियो ।  रोजगार र बालबालिकाहरुको शिक्षा समेत अस्तव्यस्त भए ।  

दाङमा बितेको एक वर्षमा दैवी प्रकोपमा परेर ३८ जनाले ज्यान गुमाए । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार एक वर्षमा विभिन्न विपद्मा परी ३८ जनाको मृत्यु भयो । एक वर्षमा विपद्कै कारण १७१ घरमा क्षति पुगेको छ । 

३७ वटा वडा उच्च जोखिममा

दाङमा नौ स्थानीय तहका ३७ वटा वडा बाढीको उच्च जोखिममा छन् । दाङमा दुई उपमहानगरपालिका र एक नगरपालिकासहित १० स्थानीय तह छन् भने १०० वटा वडा रहेका छन् । विशेष गरी दाङ उपत्यकामा बबई नदी र त्यसमा मिसिने सहायक खोलाहरुका कारण जोखिम छ भने देउखुरी उपत्यकामा राप्ती नदी र सहायक नदीहरुले नोक्सान पार्ने गरेको छ । 

राजपुर गाउँपालिकाका ७ वटै वडा, गढवा गाउँपालिकाका ७ वटा वडा, राप्ती गाउँपालिकाका ८ वटा वडा, दंगिशरण गाउँपालिकाको ३ वटा वडा, बबई गाउँपालिकाका दुई वटा वडा, शान्तिनगर गाउँपालिकाका ३ वटा वडा, लमही नगरपालिकाका ४ वटा वडा र तुलसीपुर उपमहानगरपालिकाका ३ वटा वडा बाढीको उच्च जोखिममा देखिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुुख खिलानाथ दाहालले बताउनुुभयोे । यस्तै,  बंगलाचुली, शान्तिनगर र राप्ती गाउँपालिकाका ७ वटा वडा पहिरोको उच्च जोखिममा छन् । 

“वर्षात्को मौसममा उर्लिने ठाडा खोलाहरु दाङमा धेरै छन्, किनारमा बस्तीहरु छन्, उनीहरु वर्षेनी जोखिममा पर्छन्, उनीहरुलाई समयमै सूचना पु¥याउन र सुरक्षा दिन नसक्दा पनि समस्या भैरहेको छ,” दाहालले भन्नुभयो – “जोखिम क्षेत्रमा बस्नेहरुले समेत सचेत नहुँदा वर्षेनी क्षति हुने गरेको छ ।”  

यस्तो छ पूर्वतयारी कार्ययोजना

जिल्ला विपद् जोखिम न्यूूनीकरण तथा व्यवस्थापन समिति दाङले मनसुन पूर्वतयारी कार्ययोजना २०७६ निर्माण गरेको छ । मनसुनसँगै हुनसक्ने आपतविपद्को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । मनसुनको पूर्वतयारी, उद्धार र राहत लगायतका सम्पूर्ण व्यवस्थापनका लागि जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुबीचमा काम बाँडफाँड समेत भैरहेको उहाँले बताउनुभयो । 

कार्ययोजनाअनुसार जिल्ला समन्वय समितिको नेतृत्वमा पुुनःस्थापना तथा पुुनःनिर्माण, जिल्ला शिक्षा विकास समन्वय इकाई समिति र सम्बन्धित स्थानीय तहका शिक्षा शाखाको संयोजनकत्वमा शिक्षा समिति, प्रत्येक स्थानीय तहको महिला तथा बालबालिकाका शाखाको संयोजकत्वमा संरक्षण समिति, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजनको संयोजकत्वमा खानेपानी तथा सरसफाइ समिति, कृषि ज्ञान केन्द्र तथा खाद्य संस्थानको सहकार्यमा खाद्य तथा कृषि निर्माण भएको छ । 

यस्तै, आश्रय स्थल तथा गैरखाद्यवस्तुुको व्यवस्थापन शहरी विकास भवन निर्माण कार्यालय र रेडक्रस सोसाइटी, समन्वय खोज तथा उद्धार प्रजिअको सयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र सूचना सम्प्रेषण जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङलाई जिम्मेवारी तोकिएको छ । 

विपद् व्यवस्थापन र पूर्वतयारीको विषयमा जनजागरणको रुपमा प्रशिक्षण तथा प्रचारप्रसार गर्ने, सुरक्षा निकायसहित सबै सरोकारवाला निकायले विपद् सुरक्षा तालीमलगायत स्रोतसाधनको तयारी गर्ने र अत्यावश्यक सरसामान, उपकरण र वस्तुहरु परिस्थितिअनुसार तुरुन्त प्रयोग गर्न सकिने अवस्थामा राख्ने, विपद् परेमा तत्काल उद्धार गरी प्रभावितहरुलाई राहत वितरण गर्ने उद्देश्यले जिल्लाका विकट स्थानहरुमा रहेको गापा÷नेपाल रेडक्रस सोसाइटी÷जिल्ला खाद्य डिपो तथा स्थानीय तहहरुमा तयारी खाद्य तथा गैरखाद्यवस्तुको भण्डारणको व्यवस्थापन गर्ने र ग्रामीण क्षेत्रका बिग्रिएका बाटोहरुको मर्मत गर्ने कार्ययोजनामा उल्लेख छ । 

बाढी पहिरोले सडक अवरुद्ध भए सडक पुनः सञ्चालनमा ल्याउन  आवश्यक परे डोजरको प्रयोग गर्ने, हैजा÷झाडा पखाला फैलिएको अवस्थामा तुरुन्त स्वास्थ्यकर्मीको टोली खटाई नियन्त्रण गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । उहाँका अनुसार विस्थापित तथा घाइते बिरामीहरुको समयमै उपचार गरी प्रभावित क्षेत्रमा शान्ति तथा सुरक्षाको प्रत्याभूति गर्न र घाइतेहरुलाई अस्पताल लैजान मद्दत गरिनेछ । 

विगतमा बाढीले पु¥याएको क्षतिको आधारमा जनशक्ति र उद्धार सामग्रीहरु अपर्याप्त देखिन्छ । अहिले जिल्लामा १० लाखभन्दा बढी नै राहत कोष छ तर, उद्धार सामग्री र तालीम प्राप्त जनशक्ति अपर्याप्त रहेको छ । 

नेपाल प्रहरी जिल्लाभर ५२५, नेपाली सेना १८० र सशस्त्र प्रहरी ३५ जना तालीम प्राप्त जनशक्ति रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख दाहालले बताउनुुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजी अस्पताल, स्वास्थ्य चौकी लगायत निजी र नेपाल रेडक्रस सोसाइटी लगायत संस्थाका ३८ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । 

घोराही, तलसीपुर र लमहीका चार वटा दमकल, ८३ वटा डोजर, १२ वटा स्काभेटर, एउटा शवबाहन तयारी अवस्था छन् । सिसहनियाँ, गोबर्डिहा, गंगापरस्पुर, बेला राजपुर, सतवरिया लगायतका क्षेत्रमा १२ वटा  डुङ्गा र १५ वटा खानेपानी ट्यांकर तयारी अवस्थामा राखिएको प्रशासन कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै