असार १४, नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठानले आज चार जना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानको १२औँ स्थापना दिवसका अवसरमा नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पु¥याएबापत साहित्यका विविध क्षेत्रका स्रष्टालाई सम्मान गरिएको हो । प्रतिष्ठानले चार स्रस्टासहित आठ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

महामण्डल साहित्य सम्मानबाट डा नवराज लम्साल, कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट जीवनाथ धमला, महामण्डल युवा साहित्य सम्मानबाट बीना थिङ र नरेन्द्रनाथ वाङ्मय काव्य सम्मानबाट प्रह्लाद पोखरेल सम्मानित हुनु भएको छ ।

यस्तै नरेन्द्रनाथ निधि वाङ्मय प्रतिष्ठानद्वारा नेपाली विषयमा स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरेकी सुभद्रा पौडेललाई नगद रु २५ हजारसहित पुस्कार प्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

नुवाकोटबाट एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक्कल रिमाल, रश्मी पनेरु र निशा गजुरेललाई प्रतिष्ठानले जनही नगद रु पाँच÷पाँच हजार पुरस्कारसहित सम्मान गरेको हो । प्रतिष्ठानले १६ वर्षदेखि नियमितरुपमा नुवाकोटको विदुरमा साहित्य कार्यक्रम गरेर स्रष्टा सम्मान तथा पुरस्कार गर्दै आइरहेको अध्यक्ष रामकृष्ण गजुरेलले बताउनुभयो ।

प्रतिष्ठानले हालसम्म विविध क्षेत्रका ७० जना स्रस्टालाई सम्मान तथा पुरस्कृत गरिसकेको प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठले जानकारी दिनुभयो ।