Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

मन्त्रीसहित पेट्रोलियम प्राविधिक टोली दैलेखमा

२०७६, १५ असार आईतवार १५:३२

असार १५, दुल्लु । दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको ग्यास उत्खननको सम्भावनाको प्रारम्भिक अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहितको प्राविधिक टोली पुगेको छ । 

टोलीमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे,  खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक सुधीर रजौरे, मन्त्रालयका सचिव यामकुमारी खतिवडासहित नेपाल र चिनियाँ विज्ञ तथा प्राविधिक रहनुभएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोली यहाँ आएको हो । 

दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खननको सम्भावना अध्ययन गर्न आएको टोलीले आज पादुकाको स्थलगत अवलोकन गरेको छ । पञ्चकोशी क्षेत्र अन्तर्गत पर्ने पादुकाको अवलोकन गर्नुहुँदै मन्त्री यादवले पञ्चकोशी क्षेत्रको धार्मिक आस्थालाई जोगाउँदै पेट्रोलियम अन्वेषण शुरु गरिने बताउनुभयो । 

“सुरुमै उत्खननको काम हुने होइन”, उहाँले भन्नुभयो, “अहिले अन्वेषणको काम मात्र हुन्छ, पेट्रोलियम पदार्थ हुन पनि सक्छ, नहुन पनि सक्छ तर हामी आशावादी बन्नुपर्छ ।”पूर्व उद्योगमन्त्री पाण्डेले आफू मन्त्री हुँदा पेट्रोलियम अन्वेषणको आधार तयार गरेको स्मरण गराउँदै वर्तमान सरकारले त्यसलाई मूर्त रुप दिन लागेकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक रजौरेले दुई महीनाभित्र पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने बारे पहिल्याइने जानकारी दिनुभयो । टोलीले सोमबारदेखि दैलेखको श्रीस्थान, नाविस्थानबाट औपचारिक रुपमा अन्वेषणको काम थाल्नेछ । पेट्रोलियम खानीबाट व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने भन्ने पहिल्याउने छ । उत्खननलागत अनुसारको व्यवसायिक उत्पादनको सम्भाव्यता यकिन गरिने विभागले जनाएको छ ।

पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । श्रीस्थान जमीन मुनिबाट निस्किएको ग्यास अखण्ड दीपका रुपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करीब तीन सय वर्षदेखि बलिरहेको स्थानीयवासी बताउँछन् । 

दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ । पेट्रोलियम अन्वेषणका लागि ‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ का लागि गत फेब्रुअरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो । चिनियाँ र नेपालको विज्ञ तथा प्राविधिक टोलीले पहिलो चरणमा दैलेखमा ड्रिलिङ साइट पहिचान गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै