Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ असार १६ गते, बिहान ११:३२ बजे दाङ्ग - DNG, समाज

दाङ : सभागृह निर्माण शुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार १६, लमही । दाङको गढवा गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माणको काम शुरु भएको छ । प्रदेश नं ५ सरकारको बजेटबाट गढवा गाउँपालिका–५ को मगहरचोकमा सभाहल निर्माण हुन लागेको हो । उक्त सभाहलको आइतबार प्रदेश नं ५ का प्रदेशसभा सदस्य इन्द्रजित थारूले शिलान्यास गर्नुभयो ।

प्रदेश नं ५ सरकारको रु चार करोड ८७ लाख ८९ हजार ५५९ लागतमा सभाहल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो । मगहर चोकमा अत्याधुनिक र सुविधासम्पन्न सभाहल निर्माण हुन लागेको हो ।करीब  ३८ कट्ठा जग्गामा उक्त सभाहल निर्माण हुन लागेको हो ।

अध्यक्ष यादवका अनुसार यस वर्ष प्रदेश सरकारको कूल रु ६० लाखको बजेटबाट काम शुरु गरिने छ । यसमा प्रदेश सरकारले क्रमागत रुपमा बजेट प्रदान गर्ने प्रदेशसभा सदस्य थारुले बताउनुभयो । उक्त सभाहल निर्माणको काम तीन वर्षभित्र पूरा हुनेछ । तीन तलाको भवन निर्माण हुने इञ्जिनीयर सूर्य रावतले बताउनुभयो ।

सभाहल निर्माण

दाङको बबई गाउँपालिकामा सभाहल निर्माणको काम पूरा भएको छ । प्रदेश नं ५ सरकारको रु ६० लाख लगानीमा उक्त सभाहल निर्माण भएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नं ५ मा ५०० क्षमताको उक्त सभाहल निर्माण भएको हो ।