Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बेहेमा डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

२०७६, १६ असार सोमबार ०७:१३

असार १६, महोतरी  | महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको मनरासिस्वा नगरपालिका–४ बस्ने सिधु पण्डितका छोरा १९ वर्षीय सञ्जय पण्डित रहेको महोत्तरी  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

गएराति १ बजे भङ्गहा नगरपालिका–२ बस्ने सन्तोष साहकी छोरीको बिहेमा दुलहा घुमाउनका लागि मनरा–४ बस्ने सदाम खानको बिपीभी ५०९७ नं को रथ र डिजे बाजा ल्याइएकोमा सोही रथमाथि राखेर डिजेबाजा बजाउने काम गर्दै आएका सहायक पण्डितको मोबाइलबाट डिजे बाजा बजाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

घटनापछि सख्त घाइते युवक पण्डित बेहोश भई रथबाट भुइँमा झरेपछि उनलाई गएराति नै उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएकामा आज बिहान ४ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।मृतक युवकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमै राखिएको छ भने डिजे बाजासहित आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

२४ वर्षपछि फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालयले २४ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बलवा नगरपालिका–४ बस्ने ५० वर्षीय पितम्बर झा रहेको उक्त कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

कुटपिट मुद्दामा महोत्तरी जिल्ला अदालतबाट २०५१ साल माघ २ गतेका दिन दुई वर्ष कैद सजाय तोकिएकामा सोही  दिनदेखि फरार झालाई कार्यालयबाट खटेको प्रहरी टोलीले आइतबार पक्राउ गरिल्याएको उहाँको भनाइ थियो ।अभियुक्त झालाई आइतबार साँझ नै जिल्ला अदालतमा हाजिर गराइएकामा उक्त अदालतले  कैद भुक्तानका लागि जलेश्वर कारागार पठाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ