2026-08-29 09:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

चन्दननाथका चोरिएका मूर्ति भेटिएनन्

असार १८, जुम्ला | प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ सालको मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए ।

चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विरोधका विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । तत्कालीन प्रहरी महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले जुम्ला पुगेर मूर्ति चोरीबारे अनुसन्धान गरेको थियो । तर अहिलेसम्म पनि अनुसन्धानको नतिजा आइसकेको छैन । जिल्ला प्रहरी प्रमुख सीताराम रिजालले मूर्ति नभेटिएसम्म अनुसन्धान जारी रहने बताउनुभयो ।

 “कोहलपुरमा शङ्ख फेला परेपछि जुम्ला ल्याएर पहिचान र निर्माणकालको निक्र्यौल गर्नका लागि गुठी व्यवस्थापन समितिलाई देखाएका थियौँ”,उहाँले भन्नुभयो । उहाँले केन्द्रबाटै यसबारे अनुसन्धान भइरहेको बताउनुभयो । 

मन्दिरबाट चोरी भएका मूर्तिमध्ये गुठीचौर गाउँपालिकाको देपालगाउँस्थित रोकायावाडा र वडारासडाको बीच बाटोमा १४ वटामूर्ति र दुई शङ्ख बेवारिसे अवस्थामा फेला परेका थिए । चोरी भएको एक महीनापछि स्थानीयवासीले दाउरा ल्याउन घर नजिकैको जङ्गल जाँदै गर्दा मूर्ति फालिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

नयाँ मूर्ति प्रतिस्थापन 

मन्दिरमा २७ घण्टा लगातार पूजापछि दत्तात्रेयको नयाँ मूर्ति प्रतिस्थापन गरिएको थियो । विसं २०७३ मङ्सिर १२ गते मन्दिरका सबै मूर्ति चोरी भएपछि यसअघि यति लामो पूजा नभएको चन्दननाथ–भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ ।

गुठी व्यवस्थापन समिति सचिव रमानन्द आचार्यले मूर्ति चोरी भएको एक वर्षपछि भारतको देहरादुनबाट भवानी गिरी महाराजले ल्याएको मूर्ति प्रतिस्थापन गरिएको बताउनुभयो । “मन्दिरबाट चोरी भएका केही मूर्ति बेवारिसे अवस्थामा फेला परे पनि मुख्य दत्तात्रेयको मूर्ति अझै फेला परेको छैन”, उहाँले भन्नुभयो, “मुख्य मूर्तिविनै मन्दिरमा पूजाआजा गरिँदै आएको छ, पछि पुरानो मूर्ति भेटिए त्यसलाई नै राख्ने शर्तमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो ।”

मूर्ति चोरी भएको थाहा भएपछि पुजारी र अर्का एक जना स्थानीय जयकृष्ण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दर्ता गराएको थियो । उनीहरूलाई जिल्ला अदालतले दोषी ठहर गर्दै दुई वर्ष कैदको फैसला सुनाएको थियो । उनीहरूले कैद भुक्तान गरिसकेका छन् ।

प्रहरीले सबै मूर्ति नभेटिएसम्म अनुसन्धान जारी रहने जनाएको छ ।  पाँच जवान प्रहरीले चौबीसै घण्टा मन्दिर परिसरमा सुरक्षा दिने गरेका छन् । स्थानीय प्रशासनले मन्दिरलाई क्लोज सर्किट क्यामेराको निगरानीमा राखिएकोे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो