२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेख : सिँचाइ सुविधाले कृषक उत्साहित

२०७६, १८ असार बुधबार १०:०८

 असार १८, दुल्लु । दैलेख नारायण नगरपालिका–१० भवानी तौलीको ८२ रोपनी जमीनमा सिँचाइ सुविधा पुगेपछि कृषक खेतीतर्फ उत्साहित भएका छन् । 

खेतीयोग्य जमीन भए पनि भरपर्दो सिँचाइको सुविधा नहुँदा यहाँका कृषकले जग्गा बाँझो राख्न बाध्य भएका थिए । तर नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम र नारायण नगरपालिका–१० ले कालेखोला तौलिया सिँचाइ कुलो निर्माण गरेपछि ८२ रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुगेको छ । यसबाट २६ भन्दा बढी घरधुरी कृषक लाभान्वित भएका छन्् । कालेखोलाको पानी ७०० मिटर लामो पक्की कुलो निर्माण गरेर खेतसम्म पु¥याइएको छ । यसले कृषकलाई समयमै रोपाइँ गर्न र व्यावसायिक खेती गर्ने बाटो खुलेको छ ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको २४ लाख आठ हजार ४९३ र नारायण नगरपालिका–१० को चार लाख गरी कूल रु २८ लाख आठ हजार ४९३ को लागतमा गत फागुनबाट शुरु भएको सिँचाइ कुलो निर्माण कार्य सकिएको छ । न्यू कालिका निर्माण सेवाले सिँचाइ कुलो निर्माणको जिम्मा पाएको थियो । सिँचाइ कुलो निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने समय अघि नै काम सकिएको हो ।

कुलोबाट यहाँका १६१ जनसङ्ख्या लाभान्वित भएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका जिल्ला संयोजक दिनेश घिमिरेले बताउनुभयो । यस वर्षदेखि सिँचाइ सहज भएपछि कृषकले विगतको तुलनामा धान उत्पादनमा वृद्धि हुने संयोजक घिमिरेले बताउनुभयो । “हिउँदेयाममा सबै जमीन बाँझो हुन्थ्यो, सिँचाइ सुविधा आयो, अब सिँचाइ अभाव टरेको छ”, कृषक इशारा बस्नेतले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ