2026-09-13 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ : आँखाका बिरामीको निःशुल्क शल्यक्रिया

असार २०, तुलसीपुर । स्थानीय सरकारको सहयोगमा यहाँका ८३१ आँखामा मोतियाविन्दु भएका नागरिकको शल्यक्रिया गरिएको छ । स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित  राप्ती  आँखा अस्पताल र लमही आँखा अस्पताल दाङको सहकार्यमा ८३१ आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको सङ्घले जनाएको छ ।

आर्थिक अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गर्न नसकेका आँखाका बिरामीलाई स्थानीय निकायसँग साझेदारी कार्यक्रम सञ्चालन गरी निःशुल्क शल्यक्रिया गरिएको सङ्घका सभापति कृष्णकुमार गिरीले जानकारी दिनुभयो । आर्थिक अभावका कारण आँखामा लागेको मोतियाविन्दुको कारण कोही कसैले पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले स्थानीय सरकारसँग साझेदारी गरी निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गरेको सङ्घका अध्यक्ष गिरीको भनाइ छ । “हाम्रो अभियान सहज आँखा उपचार सेवा जनतालाई प्रवाह गर्ने हो, सोहीअनुरुप साझेदारी कार्यक्रमलाई अगाडि बढाएका हौँ, अब आर्थिक अभावका कारण कसैले पनि अन्धोपनमा जीवन बिताउनुपर्ने छैन”, उहाँले भन्नुभयो । 

चालू आर्थिक वर्षमा जिल्लाका १० स्थानीय निकाय र कर्णाली प्रदेशको सल्यान जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको हो । जिल्लाका तुलसीपुर उपमहानगरपालिकाभित्रका ११४, घोराही उपमहानगरपालिकाका ४०, लमही नगरपालिकाभित्रका १५८, बबई गाउँपालिकामा ८८, गढवा गाउँपालिकामा १४७ राजपुर गाउँपालिकामा १०८, शान्तिनगर गाउँपालिकामा ५०, राप्ती गाउँपालिकामा २१, सल्यानको छत्रेश्वरी गाउँपालिकामा ५५ र कपुरकोट गाउँपालिकाका ५० ज्येष्ठ नागरिकको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो । 

त्यस्तै नेपाल सरकारको  स्वास्थ्य नीतिअनुरुप सबैलाई आँखा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालको उद्देश्य रहेको प्रशासक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “उपचार विधिबाट हटाउन सक्ने अन्धोपन न्यूनीकरणको अभियानमा हामीहरु छौँ, यसलाई निरन्तरता दिनेछौँ ।” त्यस्तै स्थानीय निकायका जनप्रतिनिधिले पनि ज्येष्ठ नागरिकलाई उज्यालो प्रदान गर्ने उद्देश्यले साझेदारी कार्यक्रम सञ्चालन गरेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उज्यालो संसार कार्यक्रमअन्तर्गत यो अभियान अस्पतालसँग साझेदारीमा सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले कार्यक्रमलाई निरन्तरता दिन आव २०७६÷०७७ मा पनि ‘उज्यालो संसार’ अभियानअन्तर्गत राप्ती आँखा अस्पतालको सहकार्यमा उपमहानगरपालिकाभित्रका मोतियाविन्दु भएका बिरामीको निःशुल्क आँखाको शल्यक्रियाका लागि रु १० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 

त्यस्तै राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले आर्थिक अभावका कारण घरमा नै मोतियाविन्दुको कारण आँखाको कमजोर भएका ज्येष्ठ नागरिकलाई शल्यक्रिया गरी उज्यालो प्रदान गर्न यस कार्यक्रमले सहयोग पु¥याएको भन्दै निरन्तरता दिने बताउनुभयो । 

त्यस्तै प्रदेश नंं ५ ले पनि आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखाको शल्यक्रिया शिविरको सञ्चालन गरी दृष्टिविहीनता अन्त्यका लागि आगामी आवका लागि रु पाँच करोड ४५ लाख बजेट विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन