१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कफी खेती सम्वन्धि अन्तरक्रिर्या कार्यक्रम

३ माघ २०७२, आईतवार १३:५२

माघ ३, वामी (गुल्मी) । शारदा बिद्या मन्दिर माबि वामी मैदान गुल्मीमा कफी खेती सम्वन्धि बिषयमा बिद्यार्थी, शिक्षक, तथा कफी कार्यालयका कर्मचारीहरु बिच एक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयमा गठित कफी बिभागको आयोजनामा यस बर्ष बिद्यालयले शुरु गरेको कफी खेती लाई सफल पार्नको लागी यस खालको प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरिएको हो ।

बिद्यार्थीहरुको सक्रियतामा लगाइएका ४०० काफिका बिरुवालाई सुरक्षा गर्न तथा बिद्यालयले कफि बाट सफलता हासिल गर्नको लागी चाल्नुपर्ने बिषयका बारेमा कफि बिकास केन्द्रका निमित्त कार्यालय प्रमुख कमल दिन खानले स्पष्ट पार्नुभएको थियो । अन्तक्रिर्या पश्चात सहभागी बिद्यार्थीहरुद्धारा कफी खेतीको बारेमा थप उत्साह बढेको बताएको बिद्यालयका कफी बिभागका संयोजक तथा बिद्यालयका शिक्षक रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

बिद्यालयले कफी बिभाग नै गठन गरी ब्यबसायिक रुपमा कफी खेती शुरु गरेको छ । जुन कार्य गुल्मी जिल्लामै पहिलो भएको र बिद्यालयलाई कफी बिकास केन्द्रद्धारा सक्दो ठुलो सहयोग हुने उक्त कार्यक्रमका प्रशिक्षक तथा कफी बिकास केन्द्रका निमित्त प्रमुख खानले बताउनुभएको थियो । कार्यक्रम बिद्यालयका कफि बिभागका संयोजक रामकृष्ण कंडेलको सभापतित्व, बिद्यालयका निमित्त प्रद्यानाध्यापक चिरञ्जिवी शाक्यको बिशेष आतिथ्यता तथा कफी बिभागका सदस्य तथा शिक्षक भिमसेन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव