२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखका दुई वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन विस्तार

२०७६, २१ असार शनिबार ०२:०४

असार २१, दैलेख | वनको दिगो व्यवस्थापनका लागि दैलेखका दुई वटा सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन विस्तार गरिएको छ । रुख उत्पादन बढाउँदै काठको उच्चतम् प्रयोग गर्ने उद्देश्यसहित वन व्यवस्थापन शुरु गरिएको हो । त्यसका लागि जिल्लाका दुई वटा सामुदायिक वन छनोट गरिएको छ । 

दुल्लु नगरपालिका–१० गमौडीको छितावारी सामुदायिक वन र भैरवी गाउँपालिका–१ रावतकोटको रातीखाल सामुदायिक वनमा वैज्ञानिक व्यवस्थापन कार्यक्रम लागू गर्न लागिएको डिभिजन वन कार्यालय दैलेखका डिभिजन वन अधिकृत मुन रावतले बताउनुभयो । “दुई वटा सामुदायिक वनको ३०६ हेक्टर क्षेत्रफलमा वैज्ञानिक व्यवस्थापन गर्न लागेका हौँ”, डिभिजन वन अधिकृत रावतले भन्नुभयो, “यो कार्यक्रमबाट २७० घरधुरी लाभान्वित हुनेछन् ।” स्थान ओगटी राखेका वृद्धि रोकिएका बुढा रुख काट्दै नयाँ रुख उत्पादन गर्ने योजनासहित व्यवस्थापन विस्तार गरिएको उहाँको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापनले वन डढेलो नियन्त्रण, चक्रीय चरिचरणमा बन्देज गरिनुका साथै पानी सिञ्चित र गोडमेल गरिनेछ । 

वनको विभिन्न खण्डमा विभाजन गरी १० वर्षे कार्ययोजना निर्माण गरिएको छ । सामुदायिक वन उपभोक्ता समितिले वैज्ञानिक वन व्यवस्थापनका लागि निर्णयसमेत गरेका छन् । सय हेक्टरभन्दा बढी क्षेत्रफल भएको, उपभोक्ताको सक्रियता र कम भिराला क्षेत्रलाई रोज्ने क्रममा तीन महीना अघि दुई सामुदायिक वनलाई छनोट गरिएको सहायक वन अधिकृत नवराज पौडेलले जानकारी दिनुभयो । वैज्ञानिक वन व्यवस्थापनले वन क्षेत्रको संरक्षण र वातावरण अनुकूलनमा सहयोग पुग्ने भैरवी गाउँपालिका–१ का वडाध्यक्ष काशीराम कार्की बताउनुभयो । 

दैलेखको एक लाख ५० हजार २०० हेक्टर भू–भागमा ७८ हजार १५७ हेक्टर वन क्षेत्रले ओगटेको छ । यहाँको वन क्षेत्रबाट वार्षिक २४ लाख ८२ हजार क्युफिट काठ, पाँच हजार चट्टा दाउरा उत्पादन क्षमता रहेको डिभिजन वन कार्यालय दैलेखले जनाएको छ । चालू आर्थिक वर्षमा जिल्लाका ५६ सामुदायिक वन उपभोक्ता समूहले ४८ हजार ५५ साल, ३६ हजार ७९ सल्ला र २५५ गरी ८७ हजार ८९ क्युफिट काठ र ११ चट्टा दाउरा कटानको अनुमति लिएको वन डिभिजन दैलेखले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो