११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

काँग्रेसले संविधान कार्यान्वयनमा धोका दिएको एमाले सचिव ज्ञवालीको भनाई

२४ माघ २०७२, आईतवार १३:२३

माघ २४, गुल्मी । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेपालीले संविधान निर्माण गर्दा छिमेकि ले नाकावन्द गर्नु दुखद भएको वताउनु भएको छ।

आज नेकपा एमाले वामी गुल्मीले वामिटक्सारमा गरेको संविधानको कार्यान्वयन, राष्ट्रिय एकता सुदृढिकरण कार्यक्रममा सम्बोधन गर्दै ज्ञवालीले प्रधानमन्त्रि केपि ओलीको अडान, नेपाली जनताको साथका कारण नेपाली राष्ट्रियता सामु भारत झुकेको र नाकावन्दि खुलेको वताउनु भएको छ। संविधान निर्माणको समयमा एकता वद्ध भएका दलहरु कार्यान्वयनमा पनि एकवद्ध हुनु पर्नेमा नेपाली काँग्रेसले धोका दिएको आरोप लगाउनु भएको छ।

अहिलेको सरकारले राष्ट्रियता विरुद्ध कुनै काम नगर्ने वताउँदै, अवको वाटो आर्थिक रुपान्तरण र सम्वृद्धिको भएकोले एमालेकै नेतृत्वमा सम्भव भएकोले सम्पूर्ण शक्ति आर्थिक विकास मा लगाउनु पर्ने वताउनु भएको छ। विकास निर्माणको सन्दर्भमा गुल्मीका कुरा गर्दै ज्ञवालीले रिडि रुद्रवेणि वामीटक्सार दरमखोला मोटरवाटोको कालोपत्रे गर्न रकमको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

ज्ञवालीले झेंदिमा पक्कि पुल, वामीको सिंचाई योजना लगाएतका काम अगाडि वढाउने वताउनु भएको छ। नेपाली काँग्रेस प्रति आक्रामक देखिएका ज्ञवालीले गुल्मीमा एमाले विरुद्ध अफवा फैलाएको भन्दै काम गरेर देखाउन चुनौती दिनुभएको छ। कार्यक्रममा नेकपा एमालेपूर्व अञ्चल सदस्य तथा पूर्व सांसद कमलराज श्रेष्ठ, नेकपा एमालेका युवा नेता डा. सुर्य पाठक, नेकपा एमाले कार्यवाहक जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, एमाले जिल्ला सचिव सोमनाथ सापकोटा, लगाएतले वोल्नु भएको थियो ।

कार्यक्रम एमाले वामी अध्यक्ष गोपिकृष्ण खरेलको अध्यक्षता, जिल्ला सल्लाहकार परिषद्का सदस्य महेश वहादुर जि.सि.को स्वागत मन्तव्य तथा क्षेत्रिय उपसचिव प्रकाश काफ्लेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघका कलाकार हरुले जनवादि गित, नृत्य तथा हाँस्यव्यङ्य कार्यक्रम प्रस्तुत गरेका थिए ।

– कमल पौडेल बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी