Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाँ नेपाली नोट चल्न थाल्यो…

२०७६, २५ असार बुधबार ०२:५४

असार २५, बाँके । नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ । सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ, ‘पाँच रुपैयाँ ।’ भन्छन्, ‘रेट पाँच आईसी हो।

नेपाली आठ रुपैयाँ दिए पनि चल्छ।’वडा कार्यालयका सेवाग्राही उनका ग्राहक हुन् । उनीहरू अधिकांश भारुमै कारोबार गर्छन् ।  छेवैको चिया पसल, बिरयानी सेन्टर होस् वा पान पसल, कारोबार भारुमै हुन्छ ।

नरैनापुरमा नेपाली नोट चल्न थालेको धेरै भएको छैन। स्थानीय तहमा जनप्रतिनिधि आएपछि अलि बढी प्रयोगमा आयो ।  ०७४ सालमा गाउँमै बैंक खुलेपछि धेरैलाई हाम्रो नोट नेपाली भन्ने थाहा भयो ।  वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले पनि धेरैलाई पहिलोपटक नेपाली रुपैयाँ बोक्ने बानी बसाएको छ ।

गाउँमा नेपाली नोट कारोबार हुन थालेपछि बल्ल उनीहरूलाई आफू नेपाली भएको महसुस भएको छ ।

‘सुरुसुरुमा स्थानीयले बैंकलाई पत्याएनन् ।  विदेशबाट पैसा पठाउनेले एक हजार र पन्ध्र सय पठाएर चेक गर्थे’, शाखा प्रबन्धक खड्गप्रसाद देवकोटा भन्छन््, ‘अहिले त तीन लाख रुपैयाँसम्म पनि आउँछ । खाता खोलेका छन् ।  पैसा खातामै जम्मा हुन्छ ।

दैनिक २० देखि २५ वटा रेमिट्यान्सकै कारोबार हुन्छ ।’ बैंकले नेपाली नोट चलाउन सिकाएको छ । ‘डिपोजिट गर्न आउने धेरैले भारु ल्याउँथे । बैंकबाट नेपाली निकाल्दा भारु खोज्थे’, देवकोटाले भने, ‘ बैंकले नै उनीहरूलाई नेरुमा सहज बनाइदियो। अहिले त नेपाली सहजै रूपमा लिएर जान्छन् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश