महोत्तरीमा रातो खोलाले वृद्धलाई बगायो

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p>असार २७, महोत्तरी | महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो ।<br></p><p>विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । घाँस काट्न वनमा गएको बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ ।</p><p>बाढीले मानिस बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक बुढाथोकीको नेतृत्वमा खटिगएको प्रहरी टोली र सशस्त्र प्रहरी बेस क्याम्प बनौटाबाट खटिएको सशस्त्र प्रहरीले रातो खोलाको किनारामा पर्ने विभिन्न स्थानमा बैठाको खोजतलास गरिरहेका छन् ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply