2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘घटनालगत्तै पुगे पनि बचाउन सकिएन’

असार २८, बनेपा । घटना भएको तीन/चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले परिएका दुई जनालाई बचाउन नसकेको छिमेकीले बताएका छन् ।

घरमाथिको बारीको कान्ला झरेर पहिरोले घर बगाउँदा सो ठाउँका रामप्राद दङ्गालकी श्रीमती अन्दाजी वर्ष ५५÷६० की गोमा दङ्गाल र सात वर्षकी सुहाबी दङ्गालको हिजो बिहान घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै छिमेकी जम्मा भएर गरिएको उद्धारका क्रममा सोही पहिरोमा परी पुरिएको अवस्थामा बुहारी सुशीला दङ्गाल र तीन महीनाकी नातिनी अनुष्का दङ्गालको उद्धार गर्न सफल भएका छन् ।

“गाउँमा मान्छेहरु एकै चोटी जुटेकै कारण हामीले बुहारी र सानी नानीलाई समेत बचाउन सफल भयौँ”, छिमेकी रीता दङ्गालले भन्नुभयो, “घटना भएलगत्तै मेरी छोरीलाई यहाँबाट घर भत्केर ठूली आमा पुरिए भनेर बोलाउन लगायौंँ, सबै जना एकैछिनमा जम्मा भयौँं र बुहारी र सानी नानीलाई निकालेका हौँं ।”

अर्का छिमेकी लालप्रसाद सापकोटाले आफूहरुले घटनालगत्तै सबै जुटेर उद्धार गर्न लागे पनि सबैलाई बचाउन नसकेकामा दुखेसो गर्नुभयो । खाना पकाइरहेको अवस्थामा पहिरो झरेर पुरिएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय बनेपाका नायब प्रहरी निरीक्षक विष्णु सापकोटाले घटनालगत्तै जानकारी पाएपछि आफूहरु खटिएको र घाइतेलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाएको बताउनुभयो । 

घरमा आठ जनाको परिवार भएकामा घरमुली रामप्रसाद बिहानै बनेपामा दूध बेच्नका लागि डेरीमा गएका, कान्छो छोरा बुहारी बनेपामा नै बस्दै आएका र जेठो छोरा विदेशमा रहेको जनाइएको छ । भूकम्पको पहिलो किस्तावापत रु ५० हजार लिएको भए पनि बनाउने जग्गामाथि विद्युत् प्रसारण लाइनको मुख्य तार परेका कारण बनाउन नसकेको र त्यसलाई हटाउन विद्युत् प्राधिकरणलाई बारम्बार भन्दा पनि त्यसको क्षतिपूर्ति उपलब्ध गराएमा मात्रै सम्भव नहुने बताएपछि त्यत्तिकै रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई