२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामीका बिद्यालयहरुमा पाठ्यपुस्तक बितरण

५ बैशाख २०७३, आईतवार १४:०६

बैशाख ५, वामी (गुल्मी) ।  सरकारले आजदेखि पाठ्यपुस्तक बितरण शुरु सँगै आज वामी तथा तुराङ् श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुले पनि पाठ्यपुस्तक बितरण शुरु गरेका छन । वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्माले दिएको जानकारी अनुसार वामी श्रोत केन्द्रमा केही पाठ्यपुस्तक बाहेक अरु आइसकेको र सम्पुर्ण बिद्यालयहरुमा पनि पठाउने काम भइरहेको छ ।

त्यसैगरी आज महेन्द्र आदर्श उमाबि वामीमा पनि पुस्तकहरु बितरण गरिएको छ । सरकारद्धारा कक्षा १ देखी कक्षा १० सम्म बितरण गरिने पाठ्यपुस्तक हरु बितरण गरिएको हो । पुस्तक बितरण कार्यक्रममा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, बिद्यालयका प्राचार्य भिमलाल सापकोटा, सहायक प्राचार्य टिकाराम खराल लगायतले शिक्षक बिद्यार्थी, अभिाभाबहक लगायतको उपस्थितीमा पाठ्यपुस्तक बितरण गर्नुभएको हो ।

उता शारदा बिद्या मन्दिर माबि वामी मैदान, त्रिभुबन उमाबि कुर्घामा पनि पुस्तकहरु बितरण गरिएको छ । त्यसैगरी उता तुराङ श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयका बिद्यार्थीहरुलाई पनि पाठ्य पुस्तक बितरण गरिएको छ । रामकोट प्राबि रुपाकोटमा श्रोत ब्यक्ति टंकनाथ भण्डारीद्धारा तथा अन्य बिद्यालयहरुमा प्रद्यानाध्यापकहको रोहबरमा बितरण गरिएको छ ।

सरकारले आजदेखि बैशाख १५ गतेसम्म देशभरका सरकारी विद्यालयमा अध्ययनरत करिब ५९ लाख ९५ हजार ७ सय १५ विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक वितरण शुरु गरेको छ । त्यसका लागि प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू विद्यालय जाने कार्यक्रम तय गरिएको छ । हरेक बर्ष पाठ्यपुस्तकको अभावका कारण सरकारले आलोचना खेप्नुपरेपछि सरकारले यो वर्षदेखि १० दिनसम्म पाठ्यपुस्तक वितरण गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्रीदेखि सबै मन्त्री र शिक्षा मन्त्रालय मातहतका निकायका प्रमुख सहसचिवहरू जिल्ला जाने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले पाठ्यपुस्तक वितरण अभियानलाई सहयोग गर्न सार्वजनिक अपिल गरेलगत्तै प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू जिल्ला पुगेर पाठ्यपुस्तक बाँड्नेछन् ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य