Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा पाँच दिनपछि घाम

२०७६, २९ असार आईतवार ११:१२

असार २९, बर्दिवास । पाँच दिन लामो अविरल वर्षा आज मध्यान्हपछि महोत्तरीमा थामिएको छ । गत बुधबारयता आज मध्यान्हपछि मात्र घाम देखिएको हो ।

आकास उघ्रेर घाम देखिए पनि महोत्तरीवासी डुवानबाट भने अझंै आक्रान्त छन् । जिल्लाका गाउँ÷नगर बस्ती वर्षा र बाढीको पानीले अझै डुबेका छन् । पछिल्लोपटक पाँच दिनको अविरल वर्षासँगैको बाढीले जिल्लाका १५ वटै स्थानीयतहका गाउँ/नगर बस्तीका गरी ४० हजार व्यक्ति प्रभावित भएको जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । 

जिल्लामा यसपटक बाढीले बगाएर बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठा बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले पूर्व–पश्चिम राजमार्गको भब्सीपुल बगाएपछि अझै सो ठाउँमा यातायात सञ्चालन हुनसकेको छैन् । वर्षा र बाढीले धेरै नोक्सान सडक, पुल–पुलेसा र निर्माणाधीन योजनामा पु¥याएको छ ।

यसबाहेक सयौं बिघा उप्जाउ जग्गा बाढीले कटान गरेको छ । धेरै दिनपछिको वर्षाले पानी पर्याप्त भए पनि खेत खनजोत गर्न खेतमा जमेको बाढी पानीले अप्ठ्यारो परेको छ । अघिल्लो मध्य जेठताका राखिएको धानको ब्याड खडेरीले सकेपछि राखिएको ब्याडको बीउ अझै रोप्ने बेला पनि नभएको किसानले बताएका छन् ।

किसानलाई अहिले धेरै सकस घरपालुवा पशु बस्तुबाट भएको छ । चरणक्षेत्र पानीले डम्म भरिएपछि बस्तु डुलाउने ठाउँ नभएको र भूइँ घाँस पनि पानीले छोपिएकाले आहारा जुटाउन सकस भएको किसान बताउँछन् । 

पाँच दिनपछि घाम झुल्किदा अब राम्ररी काम गर्न पाइने आशा किसानको छ । तर, आकासमा बादल अझै मडारिन रहेको देखिँदा भने बाढीको त्रासदी मेटिन नसकेको सर्वसाधारण बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश