2026-09-18 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

काठमाडौँ–नुवाकोट सडक तत्काल खुलाउन माग

 असार २९, काठमाडौँ । नेपाली काँग्रेस नुवाकोटले वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गरेको छ । जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको नेतृत्वमा आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई भेटेर वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।  

काठमाडौँबाट नुवाकोट जाने बालाजु–ककनी, त्रिशूली, गल्छी–देवीघाट त्रिशूली र टोखा–छहरे–शिवपुरी–त्रिशूली तीनवटै बाटो बिग्रेको भन्दै बाटो तत्काल खुलाउन माग गरिएको सभापति केसीले बताउनुभयो ।

“बाटो बिग्रदा राजधानी आउन जान यात्रुलाई गाह्रो भएको छ,” उहाँले भन्नुभयो । काठमाडौँ–नुवाकोट सडक एक हप्ताभित्र मर्मत नभए आन्दोलन गर्नेसमेत काँग्रेसले जनाएको छ । 

भेटका क्रममा मन्त्री महासेठले काठमाडौँबाट नुवाकोट जाने बाटोको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी काँग्रेस नेता रमेश महतले जानकारी दिनुभयो ।

निर्माण भइरहेका सडक हाल बजेटविहीन अवस्थामा रहेका कारण नुवाकोटका १३७ सडक अलपत्र अवस्थामा रहेका उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई