Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा आगलागी हुँदा तीन नेपालीको मृत्यु

२०७६, ३० असार सोमबार ०२:१८

असार ३०, काठमाडौं । खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ ।

सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

शनिवार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भएपनि उनीहरुको नेपाल ठेगाना खुल्न नसकेको बताइएको छ ।

आगलागीबारेको खवर प्राप्त भएपनि घटनाका पीडित नेपालीबारे विस्तृत विवरण प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।

‘घटनामा एक पुरुष र दुई नेपाली महिलाको निधन भएको कुरा आएको छ, उनको विस्तृत घर ठेगाना खुल्न बाँकी छ, दूतावास मार्फत अन्य हताहातीबारे बुझ्ने काम भइरहेको छ’–उनले भने ।

आगलागीमा परी अन्य नागरिकको पनि ज्यान गएको बताइएपनि अन्य नेपाली हुन्÷होइनन् भनेर प्रष्ट हुन बाँकी रहेको पौडेलले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश