१५ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

६५ बर्षको चाहाना पुरा भएको भन्दै वामेलीहरु दिपावली गरे

४ आश्विन २०७२, सोमबार ०१:४०

अनिश गैरे, असोज ४, गुल्मी । आम नेपालीहरुको चाहनाअनुसार नेपालको सबिंधान हिजो घोषणा भएपछि वामीका स्थानीयहरुले पनि घर घरमा दिपावली गरेका छन । बिगत ६५ बर्षदेखी आफ्नै जनप्रतिनिधिहरुबाट सबिंधान बनाउने सारा नेपालीहरुको चाहना बमोजिम हिजो सबिंधान जारी भएपछि यसरी खुशीयाली मनाएका हुन ।

batti

वामी बजारका स्थानीयहरुले पनि घर घरमा बत्ति बालेर दिपावली गराएका छन । घरहरु झिलीमिली बनाएका छन । यसैबिच नेपाली काङग्रेस वामीले पनि आफ्ना कार्यकर्ताहरुलाई घर घरमा दिपावली गर्न आग्रह गरेको थियो । केन्द्रिय समितिको निर्दैशन अनुसार सम्पुर्णहरुमा आग्रह गरिएको नेपाली काङ्ग्रेस वामीका सचिब तेजेन्द्र जिसीले जानकरी दिनुभयो । बिभिन्न ठाँउहरुमा समुहको रुपमा बसेरै वामेलीहरु सबिंधानको स्वागत गर्दै शुभकामना तथा बधाई ज्ञापन गरिरहेका छन ।

यसैबिच सिर्जनशील नमुना युबा क्लब नेटा गुल्मीले पनि आज एक कार्यक्रममा बिच सबिंधनको स्वागत गरेको छ । त्यस गाबिसका तथा क्षेत्रीय स्तरका राजनीतीक दलहरुका प्रतिनिधिहरु तथा नेपाली जनताहरुको बिचमा सबिंधानको स्वागत गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति निम बहाुदर केसी, नेकपा एमाले क्षेत्रीय उपसचिब ढालेन्द्र केसी, एमाओबादीका दुर्गा बिक, क्लबको सदस्य दिपक खरेल लगायतले मन्तब्य ब्यक्त गर्दे सम्पुर्ण नेपालीहरुलाई सम्बोधन गर्दे सबिंधान बनेको भन्दै सम्पुर्णमा बधाई ज्ञापन गर्नुभएको थियो ।

क्लबका अध्यक्ष घनश्याम खरेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिब मोहन घिमिरेले गर्नुभएको क्लबका सदस्य दिपक खरेलले जानकारी दिनुभयो । सबिंधानको स्वागतमा न्याहाका स्थानीयहरुले घर घरमा दिपावली गरेका छन । त्यसैगरी बाग्लुङ्को खर्बाङ्मा पनि स्थानीयहरुले घर घरमा दिपावली गरी सबिंधानको स्वागत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन दुई विधेयक प्रमाणीकरण नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु सोक्लामा चट्टान आरोहण महोत्सव हुने भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने सुस्ता झोलुङ्गे पुल जोखिममा साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरे प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना शिक्षकका माग तत्काल सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र