2026-07-09 03:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा ४५ प्रतिशत घरमै सुत्केरी

2019-07-19

साउन ३, जुम्ला  | जुम्लाको पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमा सुत्केरी हुने गरेका छन् । परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी चिन्तनका कारण महिला अझै घरमै सुत्केरी हुने गरेका हुन् । करीब ५५ प्रतिशत महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको उक्त गाउँपालिकाको स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले बताउनुभयो ।

स्वास्थ्य चौकीमा आएर सुत्केरी गराएमा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने र अकाल मृत्यु घट्ने भएकाले गाउँपालिकाले घरमा हुने सुत्केरी र बाल मृत्युदरलाई शून्य गराउन अभियान नै सञ्चालन गर्ने अध्यक्ष लछिमन बोहोराले बताउनुभयो । अझै पनि ग्रामीण क्षेत्रका महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन असहज मान्ने र स्वास्थ्य–संस्थामा लैजाँदा बाटोमै सुत्केरी भए फर्काएर घर लैजाने चलन रहेकाले गाउँपालिकाले घरमा हुने सुत्केरीलाई शून्यमा पु¥याउने अभियानलाई प्राथमिकता दिएको हो ।  महिला शारीरिक रुपले कमजोर हुने भएकाले पनि उनीहरूको स्वास्थ्य सुधारका लागि यस्ता प्रयास गरिएको अध्यक्ष बोहोराले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “हामी हाम्रा दिदीबहिनी, छोरीबुहारीको स्वास्थ्यप्रति सजग छौँ । त्यसैले घरमा हुने सुत्केरी शून्य गाउँपालिका घोषणाको काममा लागेका छौँ ।” गाउँपालिकाअन्तर्गत चार स्वास्थ्य संस्थामध्ये दुई वटामा बर्थिङ सेन्टर सञ्चालन गरिएकाले पट्मारा र पातारासी स्वास्थ्य चौकीमा यसै वर्षको साउन महीनाबाट बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी रहेको बताउँदै अध्यक्ष बोहोराले भन्नुभयो, “हामी घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य गर्ने अभियानमा छौँ, यसमा सबैले हातेमालो गरिदिनु प¥यो ।”उक्त गाउँपालिकाका प्रमुख प्रशासयिक अधिकृत टेकवहादुर बुढथापाले भन्नुभयो, “स्वास्थ्यको पहँुचबाट टाढा रहेका ग्रामीण भेगका महिला घरैमा सुत्केरी गराउन थालेका कारण स्वास्थ्य संस्थामा पुगेर प्रसूति गराउने अभियान थालिएको हो ।” 

स्वास्थ्य संस्थामा बच्चा जन्माएमा गाउँपालिकाका तर्फबाट रु तीन हजार बच्चाको नाममा जम्मा गरिने उहाँको भनाइ थियो । मातृ मुत्युदर कम गर्न र स्वास्थ्य संस्थामै सुत्केरी गराउने संस्कार बसाल्नका लागि रु तीन हजार गाउँपालिकाबाट र रु तीन हजार अभिभावकले बच्चाको नाममा जम्मा गर्नुपर्ने नीति लिइएको बुढथापाले जानकारी दिनुभयो  । उक्त अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब लगायतले सहयोग गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष पुन्नकली महताराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सञ्चालन गरेको यो अभियानमा सबैले सहयोग गरे सफल हुने अपेक्षा लिएका छौँ ।” डिल्लीचौर स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टरमा सबैभन्दा बढी महिलाहरु सुत्केरी हुन आउने गरेका छन् । साबिकको डिल्लीचौर गाविसका ८० प्रतिशत महिला स्वास्थ्य चौकीमै आएर सुत्केरी हुने गरेको र बाँकी २० प्रतिशतलाई पनि स्वास्थ्य संस्थामा आउने वातावारण बनाउन लागिएको स्वास्थ्यकर्मी भरत बुढाले जानकारी दिनुभयो  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो