Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एक वर्षमा एक हजार उद्योग थप

२०७६, ३ श्रावण शुक्रबार ११:५५

साउन ३, घोराही । दाङमा आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा एक हजार ७२ वटा उद्योग दर्ता भएका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख वासुदेव रिजालका अनुसार जिल्लामा आव २०७४/७५ मा एक हजार दुई उद्योग दर्ता भएका थिए ।

थपिएका उद्योगमा रु एक अर्ब ३८ करोड पाँच लाख २९ हजार ४७ लगानी भएको प्रमुख रिजालले बताउनुभयो । सो बाट रु एक करोड तीन लाख ७९ हजार पाँच सय पाँच राजश्व सङ्कलन गरिएको छ । 

एक वर्षको अवधिमा ७८२ उद्योग नवीकरण गरिएका छन् । दुई वटाको अन्य संशोधन गरिएका, १५५ को लगत कट्टा गरिएको कार्यालय प्रमुख रिजालले बताउनुभयो । पछिल्लो समयमा जिल्लामा उद्योगको सङ्ख्या वृद्धि हँुदै गएको उहाँको भनाइ छ । 

कार्यालयले विभिन्न शीर्षकबाट रु दुई करोड ५२ लाख ६९ हजार ७५६ राजश्व सङ्कलन गर्न सफल भएको छ । उद्योग प्रशासनमार्फत रु एक करोड तीन लाख ७९ हजार ५०५, वाणिज्य प्रशासनबाट रु एक करोड ४३ लाख ६९ हजार ६६०, उत्पादित सामान बिक्रीबाट रु चार लाख ९६ हजार ५९१, बेरुजु दाखिला रु एक हजार र बोलपत्र बिक्री रु २३ हजार राजश्व सङ्कलन गरिएको प्रमुख रिजालले बताउनभुयो ।

कार्यालयले गरेका कार्यबाट सीपमूलक तालीम प्रदान गरी लघु उद्यमीको सङ्ख्या थप भएको, बेरोजगारीलाई रोजगारी प्रदान गर्ने कार्यक्रम आकर्षण बन्दै गएको, प्रविधि हस्तान्त्रण गरी न्यून आयभएका उद्यमीलाई थप हौसला प्रदान भएको, कच्चा पदार्थको उपयोग गर्ने सकिने उद्योग स्थापना गर्न प्रोत्साहन गरेको प्रमुख रिजालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश