2026-09-13 04:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्घटनामा दुई जनाको मृत्यु

साउन ४, सर्लाही | छुट्टाछुट्टै दुर्घटनामा परी आज यहाँ दुई जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–१० मा करेन्ट ३५ वर्षीय काजीमान बुढाथोकीको मृत्यु भएको छ । स्थानीयवासी गणेश भट्टराईको लेथ मेसिनमा काम गर्ने क्रममा बुढाथोकीलाई करेन्ट लागेको हो । उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।  

यस्तै मलङ्गवा–४ मा ट्र्याक्टरबाट लडेर एक बालकको ज्यान गएको छ । मलङ्गवा–३ का आठ वर्षीय मनिष यादवको मृत्यु भएको हो । ज२त ८५२ नंको ट्र्याक्टरमा गणेशियातर्फ जाँदै गरेका लडेर घाइते भएका थिए । उनको उपचारका लागि सर्लाही अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । 

बाढीपीडितलाई सहयोग

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई आज राहतस्वरुप त्रिपाल र शैक्षिक सामग्री वितरण गरिएको छ ।

बाढीबाट अति प्रभावित तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं ४ स्थित तेलयारी, चट्टी, नवटोलिया र गोरिहारीटोलमा ग्लोबल आईएमई बैंकले राहत वितरण गरेको हो । पीडित परिवारलाई जनही एक/एक थान त्रिपाल र बालबालिकालाई कपी, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार सामाजिक उत्तरदायित्व तथा परोपकारी कामअन्तर्गत राहत उपलब्ध गराइएको हो । राहत वितरण गर्दै बाढीपीडितलाई सहयोग गरेकामा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बैंकलाई धन्यवाद दिनुभयो ।

असार तेस्रो साताको अबिरल वर्षापछि सप्तकोशी नदीलगायत त्रियुगा, खाँडो, महुली, जिता, खडग, सुनदरी, बिहुललगायतको विभिन्न खोलामा आएको बाढीका कारण सप्तरीको तिलाठी कोइलाडी, सप्तकोशी, हनुमाननगर कङ्कालिनी, तिरहुत, बोदे बर्साइन, बलान बिहुल बढी प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन