2026-07-08 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा छुट्टछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

2019-07-23

साउन ७, सर्लाही | छुट्टछुट्टै दुर्घटनामा परेर सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । खाल्डोमा डुबेर लालबन्दीमा एक बालकको मृत्यु भएको छ भने ईश्वरपुर नगरपालिकामा दुर्घटनामा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका–२ सिटोल पुर्नवास निवासी सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवानको डुबेर मृत्यु भएको छ । मृतकको घरभन्दा ५०० मिटर दक्षिणपूर्व रहेको सूर्य इँटाभट्टाका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेको अवस्थामा गए राति ९ बजे बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ । खाल्डोबाट बालकलाई तत्काल उद्धार गरी उपचारका लागि लालबन्दीस्थित टेक्सास अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैबीच ईश्वरपुर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ  । नरेशखोरबाट बयलवास बजारतर्फ आउँदै गरेको ना २३ प नंको मोटरसाइकलले बाटो छेउमा बसिरहेका दुई महिलालाई सोमबार ठक्कर दिएको थियो । ठक्करबाट ईश्वरपुर नगरपालिका–५ नरेशखोरकी ४५ वर्षीया कवुतरदेवी महतोको मृत्यु भएको छ ।

 मोटरसाइकल दुर्घटनामा घाइते भएकी अर्की ३८ वर्षीया शान्तिदेवी महतोको उपचार भइरहेको छ ।  गम्भीर घाइते दुवैलाई उपचारका लागि धनुषास्थित लालगढ अस्पताल पठाइएको थियो । घाइतेमध्ये कवुतरदेवीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो