२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा वडा कार्यालय नै पहिरोको जोखिममा

२०७६, ७ श्रावण मंगलवार ०९:२७

साउन ७, रुकुमपूर्व |  सिस्ने गाउँपालिका–७ को वडा कार्यालय पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट आएको पहिरोले सिस्नेरीमा रहेको वडा कार्यालयको एक भाग पुरिएको त्यहाँका  वडाध्यक्ष अमृत बुढाथोकीले बताउनुभयो । 

करिव ४० मिटर माथिबाट झरेको पहिरोले टिनको छाना भएको दुईकोठे भवनको एकापटिको सबै भाग पुरेकाले त्यसस्थान आसपासका बासिन्दा त्रस्त भएका छन् । गए रातिको लगातार वर्षाले बिहान ४ बजे पहिरो झरेको वडा कार्यालयले जनाएको छ । 

पहिरोका कारण वडा कार्यालय भवनको ठाउँठाउँमा चर्किनाका साथै पहिरो झरेकै ठाउँबाट एउटा ठूलो रूख पनि पहिरासँगै बगेर आउन सक्ने सम्भावना भएकाले सो रूख नहटाए उक्त कार्यालयमा ठूलो क्षति पुग्नसक्ने उहाँले जानकारी दिनुभयो । त्यहाँको सामान तत्काल अन्त सार्नका लागि सुरक्षित ठाउँ नभएकाले स्थानीयवासीको सक्रियतामा वडा कार्यालयमा आएको पहिरो र रूखलाई हटाइने अध्यक्ष बुढाथोकीले बताउनुभयो । 

जुनसुकै बेलामा पनि पहिरो झर्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत भई बस्न स्थानीय प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक वीरबहादुर बुढाले आग्रह गर्नुभएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित