Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आमाछोरीलाई लुटपाट गरी फरार भएका दुइ लुटेरा समातिए

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ७, रुकुमपूर्व । </b>आमाछोरीलाई लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले एक महीनापछि काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका २७ वर्षीय अमर पुन र उदयपुरको रौता–७ ख्याटुङका २० वर्षीय लक्ष्मण मगर रहेका छन् ।&nbsp;</p><p>दुवै जनालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको हो । उनीहरुलाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो । रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार उनीहरुको साथबाट तीन थान मोबाइल, कानको सुनको जुली तथा स्काई, एनसेल र नेपाल टेलिकमका सिमकार्ड बरामद गरिएको छ ।&nbsp;</p><p>पुन र मगरले पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी जुनकुमारी पुन र उहाँकी छोरी रश्मीलाई गत जेठ ३२ गते कुटपिट गरी घाइते बनाउनुका साथै उनीहरुको साथमा रहेको रु एक लाख पाँच हजार, आधा तोला सुन, पाँच तोला चाँदी र मोबाइल लुटेका थिए । आमाछोरी यार्सागुम्बा सङ्कलन गरी घर फर्कँदै थिए । </p><p>गम्भीर घाइते दुवैलाई गत असार १ गते नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ लगिएको थियो । पीडितको बयानका आधारमा लुटेरालाई पक्राउ गर्न सफल भएको खड्काले बताउनुभयो । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।&nbsp;</p>