Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज राति सतर्क रहन मौसमविद्को आग्रह

२०७६, ८ श्रावण बुधबार १६:१७

 साउन ८, काठमाडौँ । मौसमविद्ले आज राति विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अबको केही घण्टा ठूलो पानी पर्ने अवस्था नरहे पनि राति १२ बजेपछि देशका धेरै स्थानमा पानी पर्ने भएकाले सतर्क हुनुपर्नेछ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालले सुदूरपश्चिमको पहाडी र हिमाली क्षेत्रबाहेकका ठाउँमा मौसम बदली भएको जानकारी दिनुभयो । “अहिले बादलको विकास भएको छैन, फाटेको छ, भीषण वर्षा हुने अवस्था तत्काल देखिँदैन, केही स्थानमा मेघगर्जनको बादल छ, राती १२ बजेपछि बिहान १० बजेसम्म धेरै ठाउँमा पानी पर्छ”, अर्यालले राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार रातिको समयमा देशका पूर्व र मध्यका थोरै स्थान र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । “ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलामा जल सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउनु अनुरोध गरिन्छ”, विभागले जारी गरेको सूचनामा भनिएको छ । 

मौसमविद् अर्यालले अहिले देशैभरि नै मौसममा बदली रहेको जानकारी दिनुभयो । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै छ ।

जसका कारणले अहिले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ । अबको २४ घण्टामा मनसुनको न्यूनचापीय रेखा अझ दक्षिणतिर सर्ने र मनसुनी गतिविधि कम सक्रिय हुनेछ । 

बिहीबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुनेछ भने पश्चिम तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति भने देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । देशको पश्चिम भेगका एक वा दुई स्थानमा भारीको सम्भावना रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश