2026-07-25 08:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतका ३४ घरपरिवारलाई पुनःस्थापना

साउन ९, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले मङ्गलबार राति आएको बाढीबाट विस्थापित सुर्खेत उपत्यकाका ३३ घरपरिवारलाई पुनःस्थापना गरेको छ । बाढीले वीरेन्द्रनगर नगरपालिका–९ र १० सुर्खेतका बाढीपीडितलाई सरकारले उद्धार गरी बुधबार पुनःस्थापना गरेको हो । 

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, सांसद पद्मा खड्का, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले बुधबार नै बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

प्रभावित क्षेत्रमा पुगेको सरकारले बाढीले पारेको क्षतिको अवलोकन गरेको थियो । अवलोकनपश्चात डुबानमा परेका भू–भागका नागरिकलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उद्धारमा खटिएको ६५ प्रहरी टोलीले घटनास्थलबाट ३० व्यक्तिलाई उद्धार गरेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

बाढीबाट वीरेन्द्रनगर–९ सुर्खेतका नौ घर डुबानमा, वडा नं १० स्थित देउती कृषि फार्म, एक बाच्छी र दुई गाई, ५०० कुखुरा, बङ्गुर, भाँडावर्तन, खाद्यान्नलगायत बाढीले बगाएर क्षति पुर्याएको प्रहरीले जनाएको छ । त्यसैगरी, नगरपालिकाको १२ वडास्थित अम्मरबहादुर तारामी मगरको मौरी ५० घार र ओमप्रसाद शर्माको ३० मौरी घार पूर्ण क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही वडाका प्रतिमान कामीको डेढ कठ्ठा खेत, चक्रबहादुर गुरुङको भे१ह ३४२० नंको एक अटो ५० मिटर तल बीच खोलामा पुरिएर झण्डै रु पाँच लाख बराबरको क्षति भएको बताइएको छ । बाढीले सुर्खेतकै भेरीगङ्गा नगरपालिका अमिलाचौरका टीकाराम बस्यालको एकतले ढुङगा–माटोले बनेको घरमा क्षति पुग्दा रु एक लाख ५० हजार क्षति भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक