१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

केब्स स्कुल मन्थलीको खेलकुद सप्ताह संचालन

१५ माघ २०७२, शुक्रबार ०३:०५

माघ १५, प्रज्वल पौडेल, रामेछाप ।

जिल्लामा आफ्नो छुट्टै पहिचान
बनाउन सफल माध्यमिक विद्यालय मध्येको एक उत्कृष्ट विद्यालय कर्कलादेवी अग्रेजी अावासिय विद्यालय केब्स
स्कुल मन्थली आकासेले एक समारोहबीच वार्षिक खेलकुद सप्ताह २०७२ संचालन गरेको छ ।

KEBS. 1

मन्थली युनाइटेड क्लबको मन्थली आकासे स्थित खेल मैदानमा उद्घाटन खेलको रुपमा केब्स
स्कुलका शिक्षक र विद्यार्थीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको थियो । उक्त खेलमा विद्यार्थीको
टिमले शिक्षक टिमलाई १३२ रनको टार्गेट पछ्याउँदै १५ ओवरमा ३ विकेटले पराजित गरेको थियो । अन्य खेलहरु
साताव्यापी रुपमा सोही मैदानमा र एथलेटिक्स विधाका खेलहरु हाटेचौरको खेलमैदानमा हुने कुरा स्कुलका
अतिरिक्त कृयाकलाप प्रमुख आलोक शिवाकोटीले जानकारी गराए ।
KEBS.2

उद्घाटन समारोहलाई संबोधन गर्दै खेलकुद विकास
समिति रामेछापका कार्यालय प्रमुख केशव कट्टेलले जिल्लामै पहिलो पल्ट क्रिकेट प्रतियोगिताको आयोजना
गरेकोमा विद्यालयलाई धन्यवाद दिएका छन् । रामेछाप जिल्लाको खेलकुद जगतमा केब्सको उपस्थिति अनुकरणीय भएको
बताउदै कट्टेलले यस्तो कार्यको नक्कल अरु विद्यालयहरुले पनि गर्नु पर्नेे धारणा राखे । विद्यालय
निरीक्षक भरत भट्टराईले विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुदको महत्वबुझेर त्यसलाई पूर्ण कार्यान्वयन
गरेकोमा आभार व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै संचालक अध्यक्ष थापाले खेलकुदले
गुणस्तरीय शिक्षाका साथ साथै बालबालिकाको शारीरिक र मानसिक विकासमा समेत टेवा बताए । उनले भने– “यस्ता
कार्यलाई जुनसुकै मूल्य चुकाएर भएपनि निरन्तरता दिनुपर्छ । ” स्कुलका खेलकुद विभाग प्रमुख पंकज
सुनुवारले खेलकुद सप्ताहमा कुनै न कुनै खेल विधामा हरेक विद्यार्थी सहभागी हुने गरी व्यवस्थापन गरिएको
जानकारी दिए ।
KEBS. 3

त्यस्तै प्रिन्सिपल केशव तिमल्सिनाले
वर्षभरीका हरेक शुक्रबार विद्यालयमा भलिबल, फुटबल, क्रिकेट, कबड्डी, एथलेटिक्स लगायतका अन्यखेलहरु
नियमित आयोजना गरी उक्त प्रतियोगिताहरुबाट छनोट भएका खेलाडीहरु बीच यस वार्षिक खेलकुद सप्ताहमा अन्तिम
प्रतिस्पर्धा हुने जानकारी दिए । उनले यस्ता प्रतियोगिताहरुबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड
लगायतका अन्य प्रतिष्ठित प्रतियोगिताहरुका लागि खेलाडी उत्पादन समेत गरिरहेको बताए । तिमल्सिनाले भने
–“यस्ता कार्यलाई निरन्तरतादिनुका साथै गुणस्तरीय शिक्षा दिलाउन समेत स्कुल प्रतिवद्ध रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव