२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका नदी र खोलामा भईरहेका नदीजन्य सामग्रीको अवैध उत्खनन नियन्त्रणमा कडाइ गरिने

२०७६, ९ श्रावण बिहीबार ०४:०३

साउन ९, नुवाकोट (रासस) | नुवाकोटका नदी र खोलाबाट भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । विभिन्न स्थानमा अवैधरूपमा उत्खनन बढेको पाइएपछि बुधबार विदुरमा बसेको ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।

आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले हेभी उपकरण प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन भइरहेको जनाएपछि सुरक्षाकर्मी परिचालन तथा कडाइका साथ कारवाही गरेर नियन्त्रण गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार हेभी उपकरण प्रयोगमा बन्देज, मानिसमार्फत साबेल लगाएर भइरहेको उत्खनन र त्यसको ओसारपसार दिउँसोको समयमा मात्र गर्न दिने निर्णय भएको छ ।  

बैठकमा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले अवैधरूपमा नदीबाट बालुवा उत्खननमा तस्करीको संलग्नताले नदीको प्रवाह परिवर्तनदेखि आपराधिक क्रियाकलापको समेत वृद्धि भएकाले त्यसलाई रोक्न प्रशासनको ध्यानाकर्षण गराउनुभयो । 

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले श्रमिक लगाएर हुने उत्खननको आडमा भइरहेको अवैध कार्य नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरिएकाले पूर्ण नियन्त्रणमा ल्याउन सारोकारवाला पक्ष सबैबाट सहयोगको प्रतिबद्धता आवश्यक रहेकामा जोड दिनुभयो ।

असारदेखि भदौसम्म (तीन महीना) हेभी उपकरण (स्काभेक्टर) प्रयोग गरेर नदीजन्य सामग्री (रोडा, ढुङ्गा, बालुवालगायत) उत्खनन गर्न नपाइने कानूनी व्यवस्था छ । स्थानीय तहले पनि नदीजन्य सामग्रीको उत्खननका लागि करको ठेक्का लगाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) मा यो तीन महीना उत्खनन नगर्ने शर्त उल्लेख गरेका छन् ।

बर्खायाम शुरु भएसँगै जिल्लाको त्रिशूली नदीसहित तादी, कोल्पु, लिखु, सलाखु, फलाखु, सामरीलगायतका खोलामा हेभी उकरण लगाएर अवैधरूपमा नदीजन्य उत्खनन कार्य बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु