2026-07-08 07:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा खाल्डोमा डुबेर एक बालकको मृत्यु

2019-07-25

साउन ९, सिरहा  | अविरल वर्षासँगै पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको हिजो साँझ मृत्यु भएको छ । घर नजिककै पानी जमेको खाल्डोमा डुबेर स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा  अङ्कितकुमार साहको मृत्यु भएको हो । डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

लागुऔषधसहित दुई युवक पक्राउ 

प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ स्थित भन्सार कार्यालय अगाडिबाट लागुऔषधसहित सिरहा नगरपालिका–४ निवासी २३ वर्षीय मो सालिक सिद्धिकी र २४ वर्षीय औरन जेवराहीलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ५२०५ नंको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार दुवैको साथबाट लागुऔषध नाइट्रोभेट ११ थान, १० ग्राम गाँजासमेत  बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो