2026-09-12 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा स्थानीय निकाय नै बालविवाहलाई वैधानिकता दिन्छन्

साउन ९, हुम्ला  |  हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ । उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिनुभएको छ ।

 सर्केगाड गाउँपालिका–८ का १५ वर्षीया सीता ऐडी र वर्ष १८ का पारस ऐडीबीच गत वैशाखमा परम्परागत विवाह भएको थियो । सो विवाहलाई वडाध्यक्ष रोकायाले वडा कार्यालयमा विवाह दर्ता गरी वैधानिक मान्यता दिएको स्थानीय स्वास्थ्य स्वयंसेविका जुना ऐडीले बताउनुभयो ।

सीता ऐडी श्रीकोट मावि रोडिकोटमा विद्यालय भर्नाअनुसार २०६१ माघ १० गते जन्मिएकी हुन् । यो तथ्याङकअनुसार नाबालिका सीता १४ वर्ष सात महीना मात्र पुगेकी हुन् । नाबालिका ऐडीको विवाह भएको भनी वडा कार्यालयबाट विवाह दर्ताका साथै नागरिकताको सिफारिससमेत वडाध्यक्ष रोकायाले गरिदिनुभएको छ । बालविवाहलाई वैधानिकता दिने काम वडाध्यक्ष रोकायाका निजी खरिदार त्रिमल रोकायाको मिलोमतोमा भएको थाहा भएको छ ।

 दुर्गम जिल्ला हुम्लामा बालविवाह तुरुन्तै अन्त्य गर्न अधिकारकर्मीलाई भने चुनौतीको विषय बन्ने देखिन्छ । हुम्लामा बालविवाहका प्रमुख कारण धार्मिक अन्धविश्वास, परम्परा, कुरीति, अशिक्षा, गरीबी, कुप्रथा, सामाजिक दबाब आदिले हुने गरेको बालअधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

अहिले पनि हिन्दू धर्ममा कन्याको विवाह महीनावारी हुनुअगाडि गरेमा स्वर्ग जान पाइने धार्मिक अन्धविश्वासका कारण कम उमेरमा विवाह हुने गरेको पाइन्छ । हुम्लामा नाता मिल्ने कुटुम्बको छोरा जन्मिएमा घाँटीमा पोते लगाएर हात माग्ने चलन कायमै रहेको छ ।

गरीबीका कारण अहिले पनि छोरीलाई चाँडै विवाह गरी पठाउने र छोरालाई कम उमेरमै बुहारी भित्र्याउने प्रचलन हुम्लाका ग्रामीण बस्तीमा देख्न सकिन्छ । त्यस्तै अशिक्षाका कारण पनि अधिकांश बालबालिका कम उमेरमै विवाह गर्न बाध्य हुन्छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन